ठाकुरको अपमान गरे ओलीले, देखाए पुरानै व्यवहार

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीले आफूहरूको मागप्रति बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।

केही दिन अगाडि राजपाका अध्यक्ष ठाकुरसहितका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेर विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका थिए । माग पूरा गर्ने विषयमा प्रधानमन्त्री ओलीले आश्वासन दिएपनि पूरा नगरेको आरोप छ ।

ठाकुरले माग पूरा गर्ने विषयमा प्रधानमन्त्री ओलीसँग भेट गर्न खोजेका छन् । ठाकुरलाई ओलीले समय नदिएको उच्च स्रोतले जनाएको छ ।

संयोजक ठाकुरले तीन दिन अगाडि प्रधानमन्त्री ओलीलाई भेट्ने प्रयास गरेका थिए । प्रधानमन्त्री ओलीले समय नदिएपछि पुनः मंगलबार ओलीलाई भेट्न ठाकुर एक्लै प्रधानमन्त्री निवास बालुबटार पुगेका थिए । मंगलबार केहीबेर उनले प्रधानमन्त्रीसँग कुराकानी गरेका थिए ।

भोलिपल्ट ठाकुरले अध्यक्षमण्डलको बैठक पनि बोलाए । बैठकले मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज, सांसदमा निर्वाचित रेशम चौधरीको सपथ गराउन र संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको थियो ।

बुधवार अध्यक्षमण्डलका सदस्यहरूले प्रधानमन्त्री ओलीलाई भेटेर आफ्ना माग पूरा गराउन दबाब दिने कार्यक्रम तय गरेका थिए ।

यसका लागि उनीहरूले प्रधानमन्त्री ओलीसँग समय पनि मागे । तर, प्रधानमन्त्री ओलीले बुधबार समय दिएनन् । बिहीबार समय दिने आश्वासन प्रधानमन्त्री ओलीका सहयोगीले नेताहरूलाई दिएका थिए । ओलीले ठाकुरलाई बिहीबार पनि उनले समय नदिएको स्रोतले जनाएको छ ।

शनिबार मात्र प्रधानमन्त्री ओलीले समय दिने आश्वासन दिएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले शनिवार समय दिने तयारी गरेको छ ।

Published : Friday, 2018 August 10, 12:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया