शंकर पोखरेलले दङ्गालीहरूको चित्त दुखाए

बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामबारे प्रस्ताव गर्न प्रदेशसभाले विशेष समिति गठन गरेको छ ।

१५ सदस्यीय समितिमा सत्तारुढ नेकपाका ८ जना, विपक्षी कांग्रेसबाट ४ जना छन् भने फोरम, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनता पार्टीका एकजना सांसद छन् ।

समितिलाई आगामी तीन महिनाभित्र प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्न निर्देशन दिइएको छ ।

कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेलले प्रतिवेदन तयार गर्न जिल्ला जिल्ला जाने समितिमा रहेका सांसदहरूलाई जनताको कुरा सुन्न तर्फ आफ्ना कुरा नराख्न सुझाव दिएका छन् ।

उनले राजधानी र नामका बारेमा निश्कर्षमा नपुग्दासम्म प्रदेश सांसदहरू बाहिर बोल्न नहुने बताए । उनले भने, ‘प्रतिवेदन तयार गर्न जिल्ला जिल्ला जाँदा जनताका कुरा धेरै भन्दा धेरै सुन्ने हो, आफ्ना कुरा राख्ने हैन ।’

सबैलाई स्वीकार्य हुने गरी सहमतिका आधारमा स्थायी राजधानी र नाम तय गर्ने पनि उनले बताए ।

त्यसका लागि आफू कुन ठाउँबाट प्रतिनिधित्व गरेको छु भन्ने विर्सिएर जनताको भावना अनुसार बोल्नुपर्नेमा जोड दिए ।

निर्वाचनका बेला दाङलाई प्रदेशको राजधानी बनाउने भनेर बारम्बार अभिव्यक्ति दिएका पोखरेलले त्यो प्रतिवद्धताबाट बच्न विशेष समिति बनाएको आरोप छ ।

त्यति मात्रै होइन पोखरेलले राजधानी र नामका बारेमा जथाभावी नबोल्न निर्देशन दिएर दङ्गालीहरूको चित्त दुखाएका हुन् ।

Published : Friday, 2018 August 10, 12:27 pm

4 प्रतिकृया प्राप्त “शंकर पोखरेलले दङ्गालीहरूको चित्त दुखाए”

  • यो राजधानी को बिसय मॉ मलाई के लाग छः भने नेता हरू ले आफ्नो पॉवर भंदा जनतालाई पायेक पर्ने ठाऊमा राजधानी बनाउन उचित होला म यो भनदिन दांग नई बनाऊँनू पर्छ बुटवल नई बनाऊनु पर्छ भनी ।

  • King lai dang ma rakhnu automatically it will be capital..iif chief minister there..called big town..

  • King lai dang ma rakhnu automatically it will be capitaltown if chief minister there..called big town..

  • King lai dang ma rakhnu automatically it will be capital- if chief minister there..called big town..

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया