सदस्य सचिव बेचेपछि पौडेलविरुद्ध पूर्वएमालेहरूको गोप्य भेला

काठमाडौं । दुईतिहाई बहुमतको नेकपाको सरकारले नेपाली कांग्रेसको सुझाव र दवावहरूलाई खासै ध्यान दिन चाहेको छैन ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले सच्चिन भन्दै पटक–पटक दवाव दिंदै आएको छ । तर, ओलीका मन्त्री र नेकपाका नेताहरूमा सुधारको कुनै संकेत देखिएको छैन ।

ओली सरकारका मन्त्रीहरू रविन्द्र अधिकारी, लालबाबु पण्डित, रघुवीर महासेठ, ईश्वर पोखरेलले आफ्नो बानीमा सुधार गर्न नसकेको भन्दै उनीहरुको आलोचना भइरहेको छ ।

उनीहरूले आफूलाई भ्रष्ट मन्त्रीका रुपमा परिचित गराउँदै गएका छन् । उनीहरूको शैलीबाट प्रधानमन्त्री ओली जानकार छन् तर उनी चुप लागेर बसेको भन्दै नेकपाकै नेताहरुले विरोध गरिरहेका छन् ।

यसअघि डा. गोविन्द केसीका कारण कानुन मन्त्री शेरबहादुर तामाङको मन्त्री पद खुस्किएको थियो । बाहिर राम्रो काम गरेको चर्चा गर्ने र भित्र भित्रै कमाउ धन्दामा लागेका पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीलाई पनि हटाउन ओलीमाथि ठूलो दबाब परेको छ ।

उता, नेकपाका महासचिव विष्णु पौडेलले पनि आफ्नो आचरणमा सुधार गर्न सकेको छैनन् । पौडेलले राजनीतिक नियुक्तिका पदहरू बिक्री गरेको भनेर नेकपाका नेताहरूले आरोप लगाएका छन् ।

महासचिवबाट ईश्वर पोखरेललाई साइड लगाएर त्यो पद हत्याउन सफल भएका पौडेलले लुम्बिनी विकास कोषको सदस्य सचिव पद बिक्री गरेको चर्चा छ ।

पौडलले आफ्ना दलका नेता कार्यकर्तालाई राजनीतिक संरक्षणमा लैजानुभन्दा पनि कमाउ धन्दामा लागेपछि धेरैले चित्त दुखाएको नेकपा स्रोत बताउँछ । पौडेलले विवादास्पद निर्णयहरू गर्दै जान थालेपछि उनलाई महासचिव पदबाट हटाउन एउटा समूह सक्रिय भएको छ ।

पौडेललाई महासचिव पदबाट हटाउन भीम रावल, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरू सक्रिय भएको उच्च स्रोतले जनाएको छ ।

अध्यक्षद्धय ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बामदेव गौतमलाई रिझाएर महासचिव पद पड्काएका पौडेलले पूर्वएमालेका धेरै नेता तथा कार्यकर्ताहरूको मन दुखाएको भन्दै उनको पनि आलोचना भएको छ ।

पौडेलले पछिल्लो समय ओलीलाई भन्दा पनि प्रचण्डलाई साथ दिने गरेको स्रोत बताउँछ । बालुवाटारमा भन्दा पनि महासचिव पौडेल राजनीतिक बिफ्रिङ गर्न खुमलटारमा जाने गरेका छन् । प्रचण्डको निर्देशनअनुसार पौडेलले काम गर्ने गरेको चर्चा धुम्बाराहीतिर हुन थालेको छ ।

Published : Thursday, 2018 August 9, 10:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया