यो हो कम्युनिस्टसँग भिड्ने कांग्रेसको लडाकु समिति, अबरोध बने शाह

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको सरकारसँग भिड्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाएको सार्वजनिक लेखा समितिको सभापतिमा सांसद भरत शाहले दाबी गरेपछि उनको भूमिकालाई लिएर विभिन्न खालका टिकाटिप्पणी हुन थालेको छ ।

रुपन्देही जिल्लाबाट प्रतिनिधि सभामा कांग्रेसबाट निर्वाचित सांसद शाहले लेखा समितिको सभापतिमा दाबी गर्दै आएका छन् । शाहको व्यक्तिगत विषयमा धेरै टिकाटिप्पणी गर्ने ठाउँ छैन । लेखा समिति दाबी गरेपछि शाहको कार्यशैली र व्यवहारबाट धेरै सांसदहरू चिढिएका छन् ।

सांसद शाहले सभापति शेरबहादुर देउवालाई दवाव दिएर लेखा समितिको सभापति पद हत्याउन लागेका हुन् । कार्यक्षमतामा कमजोर मानिने शाहले लेखा समिति चलाउन नसक्ने आरोप कांग्रेसका सांसदहरूको छ ।

लेखा समितिको सभापतिमा डा.मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, गगन थापा वा उनीहरू कै हैसियत सरहका सांसदलाई दिनुपर्ने चर्चा संसदीय दलको कार्यालयमा चल्ने गरेको छ ।

यसअघि स्वर्गीय सुशील कोइराला सभापति रहेका बेला राज्य व्यवस्था समितिको सभापति दिलबहादुर घर्तीलाई दिँदा कुनै पनि राम्रो काम हुन सकेको थिएन । त्यस बेला कांग्रेसले राज्य व्यवस्था समिति चलाउन नसकेको भन्दै सबैतिरबाट आलोचना भएको थियो ।

त्यति बेला घर्तीले राज्य व्यवस्था समितिको बैठक पनि बसाल्न सकेका थिएनन् । प्रतिनिधि सभाको समितिहरूमा राज्य व्यवस्था समिति र लेखा समिति सबैभन्दा महत्वपूर्ण मानिन्छ । घर्तीका कारण अघिल्लो पटक राज्य व्यवस्था समितिमा कांग्रेसले ठूलो अपमान र घृणा व्यहोर्नु परेको थियो ।

अहिले पनि त्यही शैली दोहोरिने गरेर सांसद शाहले लेखा समितिमा दाबी गरेका छन् । शाहलाई लेखा समितिको सभापति बनाउने हो भने कम्युनिस्ट सत्तासँग भिड्न कांग्रेस नसक्ने नेताहरूले बताउने गरेका छन् ।

कम्युनिस्ट सत्तासँग भिड्नका लागि बोल्ड निर्णय गर्ने क्षमता, वाक शैली र कर्मचारी तथा पत्रकारहरूलाई चलाउन सक्नुपर्छ । यी विषयमा सांसद शाह शून्य रहेको उनीहरू बताउँछन् ।

सरकारका अवैध गतिविधिलाई ठेगान लगाउन कांग्रेसले लेखा समितिमार्फत कदम चाल्नुपर्ने हुन्छ । राज्यको ढुकुटीबाट गर्ने अनियमिततालाई कांग्रेसले यही लेखा समितिमार्फत नङ्ग्याउन सक्नेछ ।

त्यसका लागि सभापति दमदार चाहिन्छ । त्यो गुण सांसद शाहमा छैन भन्नेहरू कांग्रेसकै सांसद छन् । कम्युनिस्ट सत्ताका विरुद्ध कांग्रेसका नेताहरू एक भएर अगाडि बढिरहेका बेला शाहले आफ्नो हैसियतभन्दा ठूलो पदमा जाने इच्छा देखाई बखेडा झिकेर कांग्रेसलाई अप्ठेयारोमा पारेको चर्चा चलेको छ ।

कांग्रेसले अहिले पदलाई भन्दा पनि कम्युनिस्ट सत्तासँग लड्न सक्ने व्यक्तिलाई पहिचान गर्नुपर्ने एक नेता बताउँछन् । मिनी संसदका रुपमा लिइने प्रतिनिधि सभाका समितिहरूमध्ये कांग्रेसले लेखा समिति अर्थात एउटा मात्रै समिति पाएको छ ।

यो समितिमा पनि राम्रो व्यक्तिलाई सभापति नबनाउने हो भने कांग्रेसभित्र ठूलो नैतिक संकट अउने नेताहरूले बताए ।

Published : Thursday, 2018 August 9, 9:48 pm

1 प्रतिकृया प्राप्त “यो हो कम्युनिस्टसँग भिड्ने कांग्रेसको लडाकु समिति, अबरोध बने शाह”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया