हाम्रै कारण ओलीको चुरीफुरी बढ्योः कांग्रेसका युवा नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीभित्रको विवादलाई समाधान गरेर अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् ।

काठमाडौंमा बुधबार आयोजित ‘नेविसंघको १२औं महाधिवेशन सुनिश्चितताका लागि अन्तरक्रिया’ नामक कार्यक्रममा युवा नेताहरूले कांग्रेसभित्रको गुटको राजनीतिले पार्टीलाई समस्या उत्पन्न भएको बताएका हुन् । उनीहरूले आफ्नै कारणले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जुरमुराएको समेत बताए ।

नेताहरूले कांग्रेस आन्तरिक रुपमा एकढिक्का भएर प्रस्तुत हुन नसक्दा सबैतिर कमजोर हुन पुगेको बताए । ‘कांग्रेसको आन्तरिक लोकतन्त्र कमजोर भएका कारण कम्युनिस्ट दुई तिहाई बहुमतका साथ सरकारमा पुगेको छ’, युवा नेताहरूले भनेका छन् ।

कांग्रेस अहिलेकै पाराले अघि बढे अझै कमजोर हुने भन्दै युवा नेताहरूले कांग्रेसको नेतृत्वलाई सहि बाटोमा अगाडि बढ्न दवाव दिनुपर्ने बताए ।

नेताहरूले अहिले कांग्रेसमा रहेका सवै तहका नेतृत्व परिर्वतन गर्नुपर्ने अवस्थामा रहेको बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले विद्यार्थी राजनीतिलाई संल्याउन नसकेसम्म देशमा कम्युनिस्टको चुरीफुरी कायमै रहने बताए ।

‘हामी केपी ओलीको चुरीफुरी ठीक भएन भनिरहेका छौं । हाम्रै पार्टीमा नेतृत्व तहमा उस्तै अवस्था छ’, जोशीले भने, ‘विद्यार्थी राजनीतिमा कांंग्रेसले पद ठूलो होइन भन्ने स्थापित गर्न सक्नुपर्ने मैले देखेको छु ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रतिमा गौतम, रञ्जित कर्ण, मनोज आचार्य, नेविसंघका उपाध्यक्ष प्रकाश राना, नवीन राई, महामन्त्री कुन्दनराज काफ्ले, हिमालदत्त श्रेष्ठ लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Wednesday, 2018 August 8, 9:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया