कांग्रेसका कमाण्डर उपचार गर्न सिंगापुर जाँदै

काठमाडौं । नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारको लागि सिंगापुर जाने भएका छन् । बुधबार दिउँसो साढे एक बजे देउवा पत्नी आरजु राणासहित सिंगापुर जान लागेका हुन् ।

यसअघि सिंगापुर जाने तयारी भएपनि सडक र सदन आन्दोलन चलेका कारण देउवाले भ्रमण स्थगित गरेका थिए । पेटको समस्याको उपचार गराउन सभापति देउवा सिंगापुर जान लागेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सिंगापुरस्थित माउन्ट एलिजावेथ हस्पिटलमा देउवाको उपचार हुनेछ । सोही अस्पतालमा देउवाले उपचार गराएका थिए ।

कम्युनिस्ट सत्ताको अधिनायकवाद विरुद्धको प्रारम्भीक आन्दोलन सफल अवतरण गराएका सभापति देउवा उपचारपछि स्वदेश फर्कनेछन् । सिंगापुरमा देउवा कति दिने बस्ने हुन् केही बताइएको छैन ।

Published : Tuesday, 2018 August 7, 10:07 pm

1 प्रतिकृया प्राप्त “कांग्रेसका कमाण्डर उपचार गर्न सिंगापुर जाँदै”

  • hamro des ka neta harula sodes mai upchar garn kina navayako hola ki morxu vanni dar le hola . sodes mai aantarastiya esthar ko hospital kholni man navayako hoki geyan navayako hola .

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया