कांग्रेस यसरी बन्नेछ बलियो र जनताको मन जित्ने पार्टी, हुँदै छ तयारी
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केन्द्रदेखि स्थानीय तहसम्म पार्टी प्रशिक्षण अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानले सात प्रदेश, ७७ ओटा जिल्लासँगै ७ सय ५३ वटै स्थानीय तहका प्रत्येक वडाका बुथसम्म प्रशिक्षण चलाउन लागेको हो । प्रतिष्ठानका सभापति कांग्रेस उपसभापति विमलेन्द्र निधि छन् ।
उपसभापति निधिले प्रतिष्ठान निर्देशकमा पुरुषोत्तम दाहाललाई नियुक्त गरेका थिए । दाहालको नियुक्तपछि प्रशिक्षण कार्यक्रम बनेको हो । प्रशिक्षण कार्यक्रम केही समयपछि देशव्यापी रूपमा सुरु हुनेछ ।
कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठान निष्क्रिय थियो । निर्वाचनमा कांग्रेसले नराम्रो पराजय भोगेपछि पार्टीको तल्लो निकायसम्म प्रशिक्षण एवं जागरण अभियान हुनुपर्ने आवाज उठेको थियो ।
तरुण दल, महिला संघ र कतिपय केन्द्रीय नेताले आआफ्नै किसिमले जिल्ला दौडाहा गर्न थालेपछि पार्टीले संस्थागत रूपमा जागरण एवं प्रशिक्षणका कार्यक्रम लैजान सकेको थिएन ।
प्रशिक्षणमार्फत राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली तथा अहिंसा र शान्तिका पक्षमा नीतिगत बहस हुनेछ ।
कांग्रेसले सबै स्थानीय तहमा जनप्रतिनिधिले गरेका निगारानी गर्ने, ढिलासुस्ती एवं अनियमितताको भण्डाफोर गरेर जाने योजना पनि बनाएको छ ।
मेरो घर झापा छात्र नं 1 को मेचीनगर 1 हो म पनी एउटा कांग्रेस समार्थक हो यो कुरा मलाई सारै ठीक लागो है एउटा यो पानी सुदारनु पर परने हुन्छ अगी बड़ौदा आफ्नो मान्छे मात्रा होइन भुगल हेरेर निर्बचान मा लानु पर्छ
Ahileko aosyek kariyakram ho
यो प्रशिक्षण दिने काम धेरै राम्रो हो कागजमा मात्र सिमित नहोस ।संगठनलाई ध्यान दिउ अनि एजेन्डा मजबुत बनाओ।सरकारको कमजोरी नोट गरौ।सशक्त प्रतिपक्षीको भुमिका निर्बाह गरौँ बल्ल काङ्ग्रेस बन्छ