इन्काउन्टरमा दुई अहरणकारीको मृत्यु

काठमाडौं । काठमाडौंमा बालक अपहरण गरेर हत्या गर्ने दुईजना अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

आइतबार साँझ अपहरणमा परेका निशान खड्काको हत्या भएको छ । इन्काउन्टरमा मारिनेमा सिन्धुपाल्चोकका गोपाल तामाङ र अजय तामाङ रहेका छन् ।

उनीहरू भक्तपुरको सूर्य नगरपालिका वडा नं. ८ स्थित सूर्यबिनायक सामूदायिक जंगलामा इन्काउन्टरमा परेका हुन् ।

बालक निशानको भने मध्यपूर ठीमी नगरपालिका नगदेश भन्ने ठाउँमा हत्या भएको थियो ।

हत्यापछि भागेर जंगलमा पुगेका उनीहरूले प्रहरीमाथि उल्टै आक्रामणको प्रयास गरेपछि जवाफी फायरिङ भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठिमी नगरपालिकाको नगदेशस्थित श्याम लवटको निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा मध्यान्ह साढे १२ बजे शव भेटिएको हो ।

अपहरणकारीले आइतबार साँझ काँडाघारीबाट बालकको अपहरण गरी ४० लाख फिरौती माग गरेका थिए ।

अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारी मारिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ ।

Published : Monday, 2018 August 6, 5:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया