निरु पालको उजुरीविनै किन ‘उत्ताउलो’ बन्यो प्रहरी ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि समानुपातिक सांसद निरु पालको पेस्तोल प्रकरणमा प्रहरीले उजुरीविनै सर्वसाधारणलाई दःख दिन छाडेको छैन ।
काठमडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले हालसम्म ३ सय ३५ जनालाई पक्राउ गरेका छन् ।
एसएसपी पोखरेलका अनुसार साउन १५ साँझ गते भएको भनिएको अञ्जान घटनाको जानकारी पाएलगत्तै साउन साउन १८ गते शुक्रबारदेखि आइतबारसम्म ३ सय ३५ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।
आइतबार मात्रै प्रहरीले बालाजु, गोंगबु लगायतका क्षेत्रबाट १ सय ९५ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको थियो ।
नेकपाकी सांसद पालले आफूमाथि भएको आक्रमण र लुटपाटबारे प्रहरीलाई औपचारिक जानकारी वा उजुरी नदिएको एसएसपी पोखरेलले बताए ।
घटनाको जानकारी आएपछि अपराधी खोज्नु आफूहरूको कर्तव्य भएको भन्दै आफूहरूले दैनिकरुपमा गुण्डागर्दी र आपराधिक गतिविधिमा संलग्नलाई पक्राउ गरी सोधपुछ गरिरहेको एसएसपी पोखरेलले बताएका छन् ।
काठमाडौँ प्रहरीले सांसद पालसँग भेटघाट गरी घटनामा संलग्नहरूको हुलिया र जानकारी लिएको थियो । त्यसैको आधारमा प्रहरीले यति धेरै सङ्ख्यामा शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीले ३ सय ३५ जनालाई पक्राउ गरेपनि ३ सय २३ जनालाई भने सोधपुछपछि रिहा गरिसकेको छ ।
प्रहरीले शंकास्पद १२ जनालाई भने अझै हिरासतमै लिएको र उनीहरूका बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रहरीले विनाकारण सर्वसाधारणलाई पक्राउ गरेर दुःख दिएको भन्दै आक्रोश बढ्न थालेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत