पूर्वएमालेका नेताहरू बद्नाम भएपछि दैलेखमा मासिने भयो बीउ !

दैलेख । चुनावपछि पूर्वएमालेभित्र तीव्र असन्तुष्टि बढेको छ । चुनाव जित्नकै लागि गरिएका अनैतिक क्रियाकलापहरूप्रति असहमति जनाउँदै सुर्खेत जिल्लामा विद्रोह भएको छ ।

चुनावमा माओवादी केन्द्रसँग गरेको तालमेलप्रति असहमति जनाउँदै आएका जिल्ला नेता कर्णबहादुर शाहीको नेतृत्वमा पूर्वएमालेभित्र विद्रोह भएको हो ।

जिल्लाको महाबु नगरपालिकाका इमान्दार नेता शाहीले विगत २१ वर्षदेखि एमालेको नेतृत्व गर्दै आएका थिए ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रले समाजवादका नारा दिएपनि नीति र व्यवहार त्यस्तो नभएको भन्दै नेता शाहीले कार्यकर्ताको ठूलो टीम सहित क्रान्तिकारी माओवादीमा प्रवेश गरेका हुन् ।

यसअघि युवा नेता मोहन शाहीको एमालेबाट ठूलो दलबलसहित क्रान्तिकारी माओवादीमा प्रवेश गरेका थिए । उनीसहित ११३ जनाले संयुक्त रुपमा पूर्वएमाले परित्याग गरेका थिए ।

विद्रोह गरेका शाहीले चुनावमा मतदाताको लागि खर्च गर्न भनि दिएको दश हजार रुपैयाँ समेत फिर्ता गरेका छन् ।

Published : Saturday, 2018 August 4, 8:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया