थारुहरूलाई शिक्षक बन्न नदिने कम्यनिस्टहरूको षड्यन्त्र, कांग्रेसद्वारा भण्डाफोर

काठमाडौं । कम्युनिस्ट सरकारले संवैधानिक प्रावधान विपरित शिक्षा आयोगको सूचना प्रकाशित गरेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद एवम् केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले शिक्षा आयोगमा सरकारले थारु समुदायमाथि विभेद गरेको आरोप लगाइन् ।

‘संविधानले नै उल्लेख गरेको प्रावधानलाई बेवास्ता गरेर शिक्षा आयोगले प्रकाशित गरेको सूचनामा थारुहरूलाई आरक्षण किन दिइएन ?’, उनले भनेकी छिन्, ‘थारु समुदायमाथि भेदभाव गर्न पाइँदैन । शिक्षा आयोगको विज्ञापनमा सुधार गरियोस् ।’

संविधानले नै दिएको अधिकार विरुद्ध हुने विभेदको आफूहरूले विरोध गर्ने उनले चेतावनी दिइन् । सरकारले शिक्षा आयोगका लागि प्रकाशित गरेको विज्ञापनमा थारु समुदायका लागि आरक्षण दिइएको छैन ।

Published : Thursday, 2018 August 2, 8:04 pm

6 प्रतिकृया प्राप्त “थारुहरूलाई शिक्षक बन्न नदिने कम्यनिस्टहरूको षड्यन्त्र, कांग्रेसद्वारा भण्डाफोर”

    • Tharu janajati laii ta chutayako xata k ko 27 percent ….tystoo hoo bhane ta ….tyo bhanda k garnu ni goverment le ….

  • Kunai pani kura kina sarkar khulast pardaina, ani tharu haru lai kina yasri tras ma rakheko hun6 k tharu nepali nagrik hoinan ra? says:

    Ron……
    ………

  • थारु हरु लाई कुन क्षेत्रमा पो अगाडी बढ्न दियका छन र जुनै क्षेत्रमा हेर्दा नि पछाडी नै पारियको हुन्छ ।

  • डिसी चौधरी ज्यूको भनाई ठिक छ । स‌बिधानको सामाजिक न्यायको हक धारा ४२ को मर्मबिपरीत ऐन छ । आयोग पनि त्यही ड्याङको मूला हो ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया