कांग्रेसले दियो ओलीलाई काम, यतातिर वित्न थाले दिन

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसप्रति लक्षित गरेर आक्रोश व्यक्त गरेका छन् ।
ललितपुरको च्यासलमा बिहीबार आयोजित एक कार्यक्रममा ओलीले कांग्रेसले आफूलाई अधिनायकवादको आरोप लगाएको भन्दै आपत्ति जनाए ।
‘केही राजनीतिक पार्टीहरू बिचारमा प्रतिष्पर्धा गर्न नसकेर अधिनायकवादको हल्ला फिंजाउँदै हिँडेका छन्’, ओलीले आरोप लगाउँदै भने ।
‘यस्ता हल्लालाई जनताले तिरस्कार गर्छन्’, उनले भने, ‘कतिपयले पार्टीको आन्तरिक झगडा मिलाउन नसकेर सरकारको विरोधमा नेता कार्यकर्तालाई अलमलल्याएका छन् ।’
कांग्रेसले कम्युनिस्ट प्रधानमन्त्री ओलीले देशमा अधिनायकवाद ल्याउन खोजेको भन्दै सडक र सदनमा आन्दोलन समेत गरिसकेको छ । ओलीले अहिले कांग्रेसको आरोपको खण्डन गर्दा गर्दै दिन बिताउने गरेका छन् ।
कांग्रेसले प्रधानमन्त्री ओलीलाई अधिनायकवादको खण्डन गर्ने काम दिएर कांग्रेसले गुण लगाएको भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी हुने गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत