पूर्वराजाको यसरी बद्नाम गराउँदै छ कम्युनिस्ट सत्ता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अनावश्यक रुपमा विवादमा तान्न थालेको छ ।

सर्वसाधारणबाट धेरै आलोचना हुन थालेपछि ध्यान अन्यत्र मोड्न कम्युनिस्ट सत्ताका केही नेता, पत्रकार र मिडियाहरूले पूर्व राजालाई नानाभाँती आरोप लगाउन थालेका हुन् ।

चुप लागेर निर्मल निवासमा बसेको पूर्व राजसंस्थालाई केपी ओलीको सत्ताले किन विवादमा तानिरहेको छ भनेर धेरै रहस्यका साथ हेरेका छन् ।

डा.गोविन्द केसीको आन्दोलनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले उचालेको भनेर सत्तारुढ कम्युनिस्ट नेताहरूले आरोप लगाए । डा.केसीको अनशनमा एक शब्द नबोलेको पूर्वराजा ज्ञानेन्द्रलाई नेकपाको आरोपले निर्मल निवास चिन्तामा डुबेको छ ।

यस्ता झिनामसिना कुरामा निर्मल निवासले खण्डन गर्ने आवश्यकता ठान्दैन । तर, पूर्वराजा ज्ञानेन्द्र शाहका सहयोगी फणी पाठकले केही समूह र तत्वले विनाकारण पूर्वराजालाई विवादमा तान्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका छन् । पूर्वराजा शाहलाई अनावश्यक रुपमा विवादमा नतान्न पाठकले अपील पनि गरेका छन् ।

नेकपाका नेताहरूले पूर्वराजालाई नेपाली कांग्रेससँग जोडेर दुस्प्रचारको प्रयास पनि गरेका छन् । निर्मल निवासमा बसेका पूर्वराजालाई शीतल निवासमा लैजाने र निर्मल निवासको कार्यक्रममा राष्ट्रपति पुग्ने उदारहणलाई भुलेर कम्युनिस्ट नेकपाका केही स्वार्थीहरूले आलोचनाबाट बच्न गरेको यो प्रयासको भण्डाफोर भएको छ । पूर्वराजाको बद्नाम गर्न चाहनेहरू आफै नाङ्गिएका छन् ।

पूर्वराजा शाह आफू निकटका शुभेच्छुकहरूसँग मात्रै भेटवार्ता गर्छन् । उनले सार्वजनिक कार्यक्रमहरूमा कुनै पनि अभिव्यक्ति दिँदैनन् ।

साधारण नागरिक बनेर बसेका पूर्वराजा शाहमाथि बेलाबेला हुने गरेका प्रहारले नेकपामा बहुलठ्ठीपनाको उदाहरण हो भनेर आलोचना गर्नेहरू पनि छन् ।

Published : Thursday, 2018 August 2, 11:20 am

1 प्रतिकृया प्राप्त “पूर्वराजाको यसरी बद्नाम गराउँदै छ कम्युनिस्ट सत्ता”

  • नेटा भनाउदा हरु सबै बिदेशी दलाल हुन त्यसैले सुतेको शेर लाई उठाउन खोजदै छन अनाहक मा राजा लाई दोष दिएर आफ्नो काल निमत्याउदै चान होशियार बिदेशी दलाल नेपाल् आमा बेच्ने भतुवा भुस्या हरु । सुतेको शेर लाई धेरै न कोट्याई राख जुन दिन उठने छ त्यस दिन देखि तिमी हरुको अस्तित्व मेतिने छ । चेतना भया चेतना भया चेतना भया।
    एक मात्रै राजा सबैका साझा ।
    गणतन्त्र मुर्दाबाद मुर्दावाद मुर्दाबाद

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया