कांग्रेसका शुभेच्छुकलाई साउन १५ ले यसरी ल्याइदियो खुसी

नेपाली कांग्रेसले मंगलबार गरेको प्रदर्शनले शुभेच्छुकहरूमा उत्साह छाएको छ । निर्वाचनपछि मनोवल गिराएर बसेका कांग्रेस कार्यकर्ताहरूमा उर्जा थपिएको छ । कांग्रेसको अपार प्रदर्शनले कम्युनिस्टहरूको मनोवल गिरेको छ ।

अबका दिनमा कांग्रेसलाई क्रियाशील बनाउन यो प्रदर्शनले धेरै महत्व राख्नेछ । कम्युनिस्ट सरकारको हर्कतबाट आजित भएका कांग्रेस कार्यकर्ताले शक्ति प्रदर्शनबाट राहतको श्वास फेर्न पाएका छन् ।

नेपाली जनतालाई कम्युनिस्ट सरकारले हरेक ठाउँमा नाजायज रुपमा कर लगाएर दुःख पनि दिएको छ । त्यति मात्रै होइन अधिनायकवाद लागू गर्ने प्रयास गरेपछि बाध्य भएर कांग्रेसले सडक आन्दोलन गर्न पुगेको बताएको छ ।

कांग्रेसको यो प्रदर्शन अन्तिम होइन । आउने दिनमा प्रधानमन्त्री केपी ओलीको व्यवहारमा सुधार भएन भने कांग्रेसले यस्तो प्रदर्शनहरू झन् ठूलो बनाउदै लैजाने चेतावनी दिएको छ । त्यसबाट सरकारलाई समस्या आउन पनि सक्छ ।

त्यही भएर बेलैमा कम्युनिस्ट सरकारले आफूलाई सच्चाउनुपर्ने कांग्रेस पक्षको भनाई छ । सहमति र सहकार्यको राजनीतिलाई अंगाल्नुपर्छ ।

ओली सरकारले प्रमुख विपक्षी दल नेपाली कांग्रेसको सुझाव र सल्लाहलाई ग्रहण गर्नु नै उपयुक्त हुन्छ । होइन भने कम्युनिस्ट सत्ता आफै भड्खालोमा जानेमा दुई मत छैन ।

ओलीलाई गलत सल्लाह दिएकै कारण कम्युनिस्ट सरकार समस्यामा परेको भन्नेहरू धेरै छन् । ओली स्वयं पनि दुईतिहाईको सरकाको दम्भ पालेर बसेका छन् ।

ओलीको यो दम्भले कांग्रेसलाई फाइदा र कम्युनिस्ट सत्तालाई बेफाइदा भएको छ । फाइदा भयो भन्दैमा कांग्रेसले संघर्षलाई पनि केन्द्रमा राख्नु हुँदैन । निरंकुश हुन खोज्यो भने ओली सरकारलाई साइजमा राख्न कांग्रेसले अरु पनि विकल्प खोज्नुपर्छ ।

Published : Thursday, 2018 August 2, 11:15 am

1 प्रतिकृया प्राप्त “कांग्रेसका शुभेच्छुकलाई साउन १५ ले यसरी ल्याइदियो खुसी”

  • सहिकुरा आयो । किनकी म पनि काङ्ग्रेसको कार्यकर्ता भएको नाताले यो सम्म हामिले आसा गरेका थियौ ।कि जसरी पनि यो देशको भलो होस ।राम्रो बिकास होस हामी जस्ता लाखौ बिदेसी हरुको पनि मनमा एउटा हौसला आउने थियो तर आज सम्म कुनै दल आएपनी राम्रो भने देख्न पाईन नत लाखौ युबालाई नै आफ्नो देशमा रोजगार सिर्जना भए । तेसैले आफुलाई नेपाली भएको मा पहिला धेरै गर्ब गर्थें तर अब त्यो आबस्ता रहेन । जो वीर गोर्खालीको नामले सारस बिस्वो ले चिनेको देश गोर्खालीको नाम पनि बेचेर खाई सके ।कहिले पाउने हाम्रो देश ले राम्रो नेता राम्रो प्रधानमन्त्री ??

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया