खाडी जान हिँडेका ३९ नेपाली महिलाहरू दिल्लीमा पक्राउ

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित एक होटेलमा छापा मारेर प्रहरी र महिला अधिकारकर्मी स्वाती मालिवालले ३९ नेपाली युवतीहरूको उद्धार गरेका छन् ।

नयाँदिल्लीको पहाडगञ्जस्थित होटेल रिभे ईनमा छापामारेर ३९ जना नेपाली युवतीहरूलाई उद्धार गरिएको भारतीय महिला अधिकारकर्मी स्वाती मालिवाले जानकारी दिएकी छिन् । छापामार्ने क्रममा नेपालको ६१ वटा पासपोर्ट बरामद भएको छ ।

युवतीहरूलाई होटेलमा राख्ने ३ जनालाई पनि पक्राउ गरिएको स्वाती मालिवालले बताएकी छिन् । ‘नेपालबाट ल्याइएका युवतीहरूलाई एउटा कोठामा थुनेर राखिएको छ ।

६१ वटा नेपालीको पासपोर्ट बरामद भएको छ’, उनले भनेकी छिन्, ‘भागेर बाहिर आएकी एक युवतीले प्रहरीलाई दिएको सूचनाका आधारमा छापामारेका हौँ ।’

अधिकारकर्मी स्वाती मालिवालको पहलमा एकहप्ताभित्रै ३ स्थानमा छापारेर अरु नेपाली युवतीहरूको उद्धार गरिएको छ ।

स्वाती मालिवालका अनुसार मैदानगढीबाट १९ र मुनिरका भन्ने स्थानबाट १६ नेपाली युवतीहरूको उद्धार गरिएको छ । उनीहरूको साथबाट नेपाली पासपोर्ट बरामद भएको छ ।

नेपाली युवतीहरूलाई साउदी अबर, इराक, ओमान, कुवेत, श्रीलंकामा बिक्री गर्न लैजान लागेको जानकारी अधिकारकर्मी स्वाती मालिवालले बताएकी छिन् ।

उनले नयाँलिल्लीलाई युवतीहरू बिक्री गर्ने ट्राञ्जिट बनाएको भन्दै यस काममा दिल्ली पुलिसको पनि संलग्नता रहेको आरोप लगाएकी छिन् ।

भारतीय अधिकारकर्मी स्वाती मालिवालले उद्धार गरिएका नेपाली युवतीहरूलाई नयाँदिल्लीस्थित नेपाली राजदूतावससँग समन्वय गरेर नेपाल पठाउने बताएकी छिन् ।

Published : Thursday, 2018 August 2, 11:02 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया