पूर्वएमाले र ‘प्रचण्ड’ जस्तो लाचार छैनन् यी नेता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले स्पष्टीकरण सोधेपछि रिसाएका प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

केही दिन अगाडि बसेको केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष ओलीले अनशनकारी डा.गोविन्द केसीलाई भेटेर श्रेष्ठले ऐक्यवद्धता जनाएको विषयमा चासो जनाउँदै असन्तुष्टि पोखेका थिए ।

ओलीको असन्तुष्टिपछि श्रेष्ठले ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरेको पत्र बुझाउँदै प्रवक्ता पदबाट राजीनामा दिएको उच्च स्रोतले जनाएको छ ।

डा.केसीलाई शिक्षण अस्पताल महाराजगञ्जमा गएर भेटेपछि ट्वीट गर्नुका साथै प्रवक्ता श्रेष्ठले ‘नेकपा’ र सरकारको नीति विपरित अनशनमा ऐक्यवद्धता जनाएका थिए ।

सचिवालय बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले ‘पार्टीमा कसैसँग सल्लाह नगरेर किन डा.केसीसँग भेट गर्नुभयो ? सामाजिक सञ्जालमा पनि प्रचार गर्नु भएछ !’ भन्दै टिप्पणी गरेको स्रोतले जनाएको छ । त्यसपछि श्रेष्ठले ओली समक्ष राजीनामा बुझाएका थिए ।

ओलीको मौखिक स्पष्टीकरणबाट रिसाएका श्रेष्ठले प्रवक्ता पद आफ्ना लागि उपयुक्त नभएको भन्दै निकटका नेताहरूसँग गुनासो गरेका छन् ।

प्रवक्ता पदबाट राजीनामा दिएर रिसाएका श्रेष्ठलाई फकाएर पुनः सोही पदको जिम्मेवारी फर्काउन ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई भनेका छन् ।

उता, नेकपाका नेता श्रेष्ठले आफू कसैको पनि दास नभएको बताएका छन् । आफू निकटका नेताहरूसँग ललितपुरमा भएको गोप्य भेटवार्तामा श्रेष्ठले राजनीतिमा आफूलाई बाँधेर कसैले पनि राख्न नसक्ने बताएका थिए ।

उनले ओलीले नेकपामा निरंकुशता लादेको भन्दै आक्रोश व्यक्त गरेको एक नेताले बताए । ‘प्रचण्डजी वा पूर्वएमालेले जस्तो म दमन सहेर बस्ने व्यक्ति होइन’, आफू निकटका नेताहरूसँग श्रेष्ठले भनेको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘नेकपाभित्र थिचोमिचो हुन दिन्न । मलाई पद चाहिँदैन । यत्तिकै काम गर्न सक्छु ।’

Published : Wednesday, 2018 August 1, 11:18 am

1 प्रतिकृया प्राप्त “पूर्वएमाले र ‘प्रचण्ड’ जस्तो लाचार छैनन् यी नेता”

  • म 18 बर्षको कक्षा 12 मा पढ्ने विद्यार्थी हु।
    मलाइ के लाग्छ भने पार्टी यकता भैहालयो।
    यश अर्थमा पार्तिमा सामान्य बिबाद भैनैहाल्थ्यो तेस लाई मनन गरेर गको भय पपम पनि हुन्थ्यो। तर पद्को हैसियतले नेकपाकाका कार्यकर्तालाइ दबाउने दुइतै अध्यक्षहरुलाइ छैन। म यस्तो कुराको कथोर भ्रष्चना गर्दछु।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया