रिचार्ज कार्डमा टेलिकमले गर्‍यो परिवर्तन

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाहरू रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्राण्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुनेछन् ।

कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्डपनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिनेछ ।

कम्पनीले रु. ५०, १००, २००, ५०० र १००० दरका नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाएको छ ।

रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज कार्डको पछिल्लो भागमा भएको १६ अंकको पिन कोड प्रयोग गरी रिचार्ज गर्नुपर्छ ।

नेपाल टेलिकमको ल्याण्डलाइन वा मोबाइलबाट १४१५ वा १४१२ डायल गरी प्राप्त निर्देशन अनुसार १६ अंकको पिन कोड थिचेर कम्पनीका विभिन्न सेवाहरूमा रिचार्ज गर्न सकिने जनाएको छ ।

नेपाल टेलिकमले हाल रिचार्ज कार्ड वाहेक इलेक्ट्रोनिक रिचार्ज र एमपोस प्रयोग गरेर समेत रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ । बजारमा उपलब्ध रिटेलरहरु मार्फत यी सेवा प्रयोग गर्न सकिन्छ ।

Published : Tuesday, 2018 July 31, 6:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया