चारतारे झण्डाले रंगियो देश, कम्युनिस्टहरूले देखे कांग्रेसको शक्ति

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारविरुद्ध मंगलबार राजधानीसहित देशभरि प्रदर्शन गरेको छ ।

कम्युनिस्ट सरकारले अधिनायकवाद ल्याउन खोजेको, अवैज्ञानिक कर प्रणाली लागू गरेर जनतालाई दुःख दिएको, प्रदर्शन गर्न पाउने अधिकारमाथि संकुचन गर्न खोजेको, महँगी र मूल्य वृद्धि रोक्न नसकेको जस्ता आरोपहरू लगाउँदै कांग्रेसले प्रदर्शन गरेको हो ।

कांग्रेसले काठमाडौंमा हज्जारौँ कार्यकर्तासहित प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएका कार्यकर्ताले सरकार विरोधी नारावाजी गरेका छन् ।

उनीहरूले मुलुकमा भ्रष्टाचार, महँगी, अधिनायकवाद, सर्वसत्तावाद ल्याउन खोजिएको भन्दै आक्रोश व्यक्त गरे ।

कांग्रेसले कम्युनिस्ट सत्तालाई सांकेतिक रुपमा मंगलबार देशैभरि ट्रेलरको रुपमा शक्ति देखाएको नेताहरूले बताएका छन् ।

काठमाडौंको रत्नपार्कबाट शुरु भएको विरोध र्‍याली शहरका विभिन्न स्थानको परिक्रमासहित पुनः रत्नपार्कमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई कांग्रेसका नेताहरूले सम्बोधन गरेका थिए ।

Published : Tuesday, 2018 July 31, 5:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया