बैगुनी बन्यो कम्युनिस्ट सत्ता, ओत दियो जोशीलाई कांग्रेसले

काठमाडौं । नेपाली कांग्रेसको विपक्षमा उभिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई अघोषित रुपमा साथ दिएका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई कम्युनिस्ट सत्ताबाट ठूलो धोका भएको छ ।
नेकपाले जोशीलाई राजीनामा दिएर घर फर्किन दबाब दिएको उच्च स्रोतले जनाएको छ । शैक्षिक प्रमाणपत्र विवादमा जोशीले संसदीय सुनुवाइका क्रममा बिहीबार चित्त बुझ्दो जवाफ नदिएको भन्दै नेकपाका सांसदहरूले राजीनामा दिन सुझाव पठाएका हुन् ।
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रमाणपत्र विवादमा जोशीले कम्युनिस्ट सत्ताका प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका थिए । अहिले त्यही विवाद ओली सरकारले झिकेको छ । जोशीको सुनुवाईको निर्णयलाई ओलीको दल नेकपाले रोकिदिएको छ ।
कांग्रेससँग बदलालिन पराजुलीलाई संविधान विपरित हटाउने ओलीको खेलमा प्रधानन्यायाधीश छिटो बन्ने लोभमा जोशीले साथ दिएका थिए । अहिले त्यही ओलीले धोका दिएका छन् भने कांग्रेसले बचाउ गरेको छ ।
नेकपाका स्थायी समिति सदस्यसमेत रहेका एक नेताले भने, ‘शैक्षिक प्रमाणपत्रबारे संसदीय सुनुवार्इ समितिले छानबिन गरेर अस्वीकृत गर्नुभन्दा राजीनामा दिएर सहज बाटो पहिल्याउन आग्रह गरिएको छ ।’
प्रस्तावित प्रधानन्यायाधीश जोशीले दुईवटा विद्यालयबाट एसएलसी दिए पनि सिम्बोल नम्बर एउटै भएको, ठूला करसम्बन्धी आदेश, सार्वजनिक जग्गासम्बन्धी फैसाललगायत विषयमा सुनुवाइ समितिमा चित्तबुझ्दो जवाफ दिएका थिएनन् ।
नेकपाका सांसदले जोशीको पक्षमा सकारात्मक प्रस्ताव गर्न सकेका छैनन् । १५ सदस्यीय समितिमा नेकपाका नौ जना सांसद छन् भने नेपाली कांग्रेसबाट चार जना छन् । कांग्रेसले जोशीको नाम ढिलो नगरी अनुमोदन गर्नुपर्ने अडान राख्दै आएको छ । कांग्रेसले सुनुवाइ प्रक्रिया लम्ब्याएर सरकारले न्यायपालिकासँग बार्गेनिङ गरेको आरोप लगाएको छ ।
समितिको सदस्यहरूले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग सामूहिक परामर्श गरेका छन् । परामर्शका क्रममा दुवै अध्यक्षले जोशीका विषयमा विवेक प्रयोग गर्न निर्देशन दिएको एक सांसदले बताए ।
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कायम मुकायम प्रधानन्यायाधीशका रूपमा काम गरेका रहेका छन् । सुनुवाइ समितिबाट स्वीकृत भएमा २०७६ असोजसम्म प्रधानन्यायाधीश हुन पाउँछन् ।
सुनुवाइ अड्किएपछि प्रस्तावित प्रधानन्यायाधीश जोशी आइतबार सर्वोच्च अदालत गएनन् । जोशी अदातल नजाँदा धेरै पेशीहरू प्रभावित भएका छन् ।
1 प्रतिकृया प्राप्त “बैगुनी बन्यो कम्युनिस्ट सत्ता, ओत दियो जोशीलाई कांग्रेसले”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
asvsd