एसएसपी ढकालकी पत्नी कांग्रेसको ‘गद्धार’, भइन् अवसरवादी

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वसांसद ओमदेवी मल्ल ढकाल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छिन् ।

दोस्रो संविधानसभामा कांग्रेसको तर्फबाट समानुपातिक सभासद् रहेकी मल्ल आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ‘नेकपा’मा प्रवेश गरेकी हुन् ।

एसपी केदार ढकालसँग दोस्रो विवाह गरेकी मल्ल राष्ट्रिय सहकारी महासंघको उपाध्यक्ष पनि हुन् ।

मल्लले नेपाली कांग्रेसलाई गाली गर्दै ‘नेकपा’मा प्रवेश गरेकी हुन् । उनले कांग्रेस प्रजातान्त्रिक पार्टी नरहेको र ‘नेकपा’मा प्रजातान्त्रिक वातवरण भएकाले आफू ‘नेकपा’मा प्रवेश गरेको बताइन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मल्लले पार्टी छाडेकोमा व्यक्तिगत स्वतन्त्रताको संज्ञा दिएका छन् ।

‘लोकतन्त्रका लागि लडेको पुरानो पार्टी नेपाली कांग्रेसलाई ओमदेवी मल्लजीले कसरी प्रजातान्त्रिक होइन भनेर गाली गर्नुको कुनै तुक छैन’, शर्माले प्रतिक्रिया दिँदै भने, ‘कांग्रेस जनताको पार्टी हो । कम्युनिस्ट सत्ताको सर्वसत्तावाद र अधिनायकवादका विरुद्ध सडक आन्दोलन थालेका बेला सैद्धान्तिक बिचलन भएका व्यक्तिहरूले पार्टी छाड्नु स्वभाविक हो । कांग्रेस समुन्द्र हो । लोकतन्त्रमा विश्वास गर्नेहरूले चिन्ता गर्नु पर्दैन ।’

प्रवक्ता शर्माले भने, ‘गद्धारहरूले अवसरको खोजी गरेका हुन्छ । १–२ जना गद्धारले कांग्रेस छाड्नुलाई सबैले खुसी मान्नुपर्छ ।’

मल्लसँगै विजयसुन्दर खड्का र रीता बराल पनि ‘नेकपा’मा प्रवेश गरेका छन् । मल्ललाई ‘नेकपा’का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।

Published : Sunday, 2018 July 29, 7:48 pm

1 प्रतिकृया प्राप्त “एसएसपी ढकालकी पत्नी कांग्रेसको ‘गद्धार’, भइन् अवसरवादी”

  • अबसरबादीहरुले दल बदल्नु कुनै नौलो कुरा होइन ।दल बदल्दा बर्बराहट मा जे पनि बोल्दछन ।कम्युनिष्ट पार्टी लाइ लोकतान्त्रिक भनेको सुन्दा अचम्म लाग्यो ।कांग्रेस ले उनिहरुको इच्छा पुरा गरेन होला सरकार मा भएको पार्टी ले पुरा गरोस ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया