राप्रपा (प्रजातान्त्रिक)ले कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौं । पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले कम्युनिस्ट सरकरको अधिनायकवाद विरुद्ध प्रदर्शन गर्ने भएको छ ।

राप्रपा (प्रजातान्त्रिक)ले साउन १६ गते काठमाडौंको माइतीघर मण्डालमा प्रदर्शन गर्न लागेको हो । प्रदर्शन बिहान साढे ११ बजे हुनेछ ।

मुलुकमा बढ्दै गएको महँगी, कम्युनिस्ट सरकारको सर्वसत्तावाद र अधिनायकवाद तथा डा.गोविन्द केसीसँग भएका सम्झौताको कार्यान्वयनको माग गर्दै प्रदर्शन हुन लागेको जनाइएको छ ।

Published : Friday, 2018 July 27, 5:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया