एनजिओका यी पूर्वकर्मचारीले खल्बलाए ओलीको सत्ता !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको दवावका कारण एनजीओहरूलाई गर्ने भनिएको कारबाही प्रक्रिया रोकिएको रहस्य बाहिर आएको छ ।

राष्ट्रपति भण्डारीको दवावमा प्रधानमन्त्री केपी ओलीको प्रेस सल्लाहकारको नियुक्ति पाएका कुन्दन अर्यालले एनजीओहरूको बचाउ गरेको स्रोत बताउँछ ।

अर्यालले नै एनजीओहरूलाई कारबाही गरिए पूर्वएमालेको संगठन भताभुङ्ग हुने सल्लाह ओलीलाई दिएका थिए । त्यसपछि ओलीले गृहमन्त्री रामबहादुर थापा ‘वादल’लाई अहिले एनजीओहरूलाई नचलाउनु भनेर आदेश दिएका थिए ।

एनजीओलाई कारबाही गर्नु हुँदैन भन्ने अभियानमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, सांसद पदमा पराजित भएका डा.राजन भट्टराईसहितका नेताहरूले पनि भूमिका खेलेको स्रोतले जनाएको छ ।

प्रेस सल्लाहकार अर्याल कुनै बेला नेपालको सबैभन्दा ठूलो एनजीओ इन्सेकका जागिरे थिए । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले पूर्वएमाले निकटका मजदुरहरूको संगठन जिफन्टलाई एनजीओकरण गराएका थिए ।

भट्टराईमाथि बेलायत, अमेरिका र भारतलाई सूचना बिक्री गर्ने गरेर अहिले पनि एनजीओ चलाउँदै आएको आरोप छ ।

एनजीओलाई कारबाही गर्नेवित्तिकै आफूहरू समेत तानिने भएपछि प्रधानमन्त्री ओलीका आसपास रहेका व्यक्तिहरूले नै गृहमन्त्री थापालाई कारबाही गर्नबाट रोक्न लगाएका हुन् ।

राष्ट्रपति भण्डारीले पनि तत्काल एनजीओहरूलाई नचलाउन ओलीलाई सुझाव दिएकी थिइन् । स्रोतका अनुसार एनजीओ चलाउने पूर्वएमाले पृष्ठभूमि भएकाहरूले राष्ट्रपति भण्डारीलाई भेटेर ओलीविरुद्ध गुनासो गरेको उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमाल र प्रेस सल्लाहकार अर्यालबीच राम्रो सम्बन्ध छैन ।

तर व्यक्तिगत स्वार्थमा यो जोडी बेलाबेला मिल्ने गरेको छ । सल्लाहकारका रुपमा रहेकाहरूले ओलीको नाममा लुट मच्चाउँदै आएको भनेर आलोचना हुने गरेको छ ।

Published : Thursday, 2018 July 26, 3:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया