कम्युनिस्टविरुद्ध यसरी एक हुँदै छन् कांग्रेस निकटका कानून व्यवसायीहरू

काठमाडौं । नेपाली कांग्रेस निकटका कानून व्यवसायीहरूको संस्था डेमोक्य्राटिक लयर्स एशोसिएशन (डिएलए) नेपालको महाधिवेशन यहि १२ र १३ मा गंैडाकोटमा हुने भएको छ ।

विवादका कारण विगत पाँच वर्षदेखि हुन नसकेको डिएलएको अधिबेशमा अध्यक्ष पद हत्याउन आधा दर्जन कानून व्यवसायी लागि परेका छन् ।

अध्यक्षका लागि योगेन्द्रबहादुर अधिकारी, सीताराम केसी, रामकुमार श्रेष्ठलगायत मैदानमा छन् । अध्यक्ष पदका सबै उम्मेदवारहरू आफूमा सक्षम छन् ।

कानून व्यवसायीहरूको महाधिवेशनले नेपाली कांग्रेसको आन्दोलनलाई फाइदा हुनेछ । सडक र सदन संघर्ष गर्दै आएको कांग्रेसलाई टेवा दिन डिएलएले महत्वपूर्ण भूमिका खल्नेछ ।

डिएलएले कम्युनिस्ट सरकारको विरुद्ध पनि विशेष प्रस्तावहरू पारित गर्नेछ । महाधिवशेनले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको सर्वसत्ताबाटको पनि विरोध गर्नेछ ।

Published : Thursday, 2018 July 26, 2:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया