यी हुन् सरकारी गाडी कब्जा गर्ने ओलीका सांसद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले सत्ताको दुरुपयोग गर्ने क्रम रोकिएको छैन । नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् ।

ओलीले सुशानको नारा दिनदिनै लगाउने गरेका छन् । तर, उनकै मन्त्री र नेताहरुले अख्तियारी दुरुपयोग गरिरहेकै छन् ।

सत्ताको आडमा नेकपाका नेता एवम् राष्ट्रिय सभाका सांसद परशुराम मेघी गुरुङले सरकारी गाडी दुरुपयोग गर्दै आएका छन् ।

विगत चार महिनादेखि गुरुङले संसद सचिवालयको बा१झ ८५०८ नम्बरको गाडी चढ्दै आएका हुन् । जुन हैसियतले सांसद गुरुङले सरकारी गाडी पाएका थिए, त्यो पद नै गुमेपछि नैतिकताको आधारमा फिर्ता गर्नुपर्ने हो ।

पार्टी एकीकरण पछि उनको पद छैन । सांसद गुरुङले सबै कुरा लत्याएर गाडी चढेको संसद सचिवालयका एकजना कर्मचारीले उल्लेख गरे ।

सभामुख कृष्णबहादुर महराले संसद सचिवालयको गाडी दुरुपयोग गर्न नदिने यसअघि नै जनाइसकेका छन् ।

तर, महरा आफैले पाँच वटा गाडी प्रयोग गरिरहेका कारण आफ्नै दलको सांसदलाई गाडी फिर्ता गर भनेर भन्न सक्दैनन् ।

नैतिकताका आधारमा पदमै नभएका गुरुङले गाडी फिर्ता नगरेकोमा संसद सचिवालयका कर्मचारीहरु समेत आश्चर्य चकित परेका छन् ।

Published : Thursday, 2018 July 26, 1:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया