कांग्रेस-पराजुलीलाई बद्नाम गर्ने कम्युनिस्टहरू ‘जोशी काण्ड’मा के गर्छन् ?

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको विवादमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अपदस्थ गरेको कम्युनिस्ट सरकारलाई प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीका कारण संकट परेको छ ।

पराजुलीलाई अपदस्थ गर्न कम्युनिस्ट प्रधानमन्त्री केपी ओली र प्रस्तावित प्रधानन्यायाधीश जोशीले ठूलो भूमिका खेलेका थिए । नेपाली कांग्रेससँग जोडेर पराजुलीलाई अमानसहित प्रधानन्यायाधीश पदबाट अपदस्थ गरिएको थियो ।

ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएर विवादमा आएका प्रस्तावित प्रधानन्यायाधीश जोशी झन् ठूलो विवादमा फसेका छन् । जोशीको शैक्षिक प्रमाणपत्रको विवाद पराजुलीको भन्दा पनि गम्भीर प्रकृतिको छ ।

ओली नेतृत्वको कम्युनिस्ट सरकारले जोशीलाई लामो समयसम्म कायममुकायम प्रधानन्यायाधीशमा राखेको थियो । जोशीले प्रचण्डसँग खुमलटारमा गएर भेट गरी आफूलाई प्रधानन्यायाधीशमा प्रस्ताव गर्न आग्रह गरेका थिए ।

जोशीको शैक्षिक प्रमाणपत्रको विवाद संसदीय सुनुवाई हुनु अगाडि नै गम्भीर विवादमा परेको छ । जोशीको सुनुवाई बिहीबार संसद सचिवालय सिंहदरबारमा हुनेछ ।

जोशीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेपछि समितिले छलाफल र अध्ययनपछि थप निर्णय लिनेछ ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीले सार्वजनिक जग्गा व्यक्तिलाई दिलाउन फैसला गर्नुका साथै नैतिक आचरणमा प्रश्न उठाइएका उजुरी समितिमा परेको छ ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीको एसएलसी र आईएलको प्रमाणपत्र नक्कली भएको उजुरी समितिमा परेको छ ।

समितिले न्यायपरिषदबाट सक्कल प्रमाणपत्रसहित आधिकारिक विवरण मागेमा वा सक्कलसहित उपस्थित हुन जोशीलाई आग्रह गरिए यथार्थ विवरण बाहिर आउनेछ ।

जोशीको त्रिविले दिएको प्रमाणपत्रमा एसएलसी पास गरेको स्कुलको नाम नेपाल राष्ट्रिय मावि र विजय स्कुलको नाम छ । जबकी सिम्बोल नम्बर एउटै देखिएको छ ।

Published : Wednesday, 2018 July 25, 9:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया