कांग्रेससँग हारेका बामदेव सांसद बन्ने

काठमाडौं । नेपाली कांग्रेसका सञ्जय गौतमसँग नराम्रोसँग पराजित भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले कागताली मिलाएर सांसद बन्ने योजना बनाएका छन् ।

राप्रपा परित्याग गरेर एमाले ज्वइने गरेका डोल्पा जिल्लाका सांसद धनबहादुर बुढालाई राजनीतिक शहीद बनाएर सांसद बन्ने योजना गौतमले बनाएका हुन् ।

नेकपाको तर्फबाट पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद बुढालाई राजीनामा दिन लगाएर गौतमले डोल्पाबाट उम्मेदवारी दिएर सांसद बन्ने तयारी गरेका छन् ।

सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ । गौतमलाई उम्मेदवार बनाइनेछ ।

पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डले संसदमा तपाईंको आवश्यकता परेको भन्दै गौतमलाई प्रतिनिधिसभामा ल्याउने आश्वासन पनि दिएको स्रोतले जनाएको छ ।

Published : Wednesday, 2018 July 25, 12:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया