कांग्रेस बलियो देख्न नचाहने ओली–दाहालले पाए जवाफ

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षले कांग्रेसप्रति देखाएको चासोलाई व्याङ्ग्यात्मक टिप्पणी गर्दै वैरभाव नराख्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा मंगलबार बिहान स्ट्याटस लेखेका डा.रिजालले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिले कांग्रेस ठीक बाटोमा छ भन्ने पुष्टि गरेको बताएका छन् ।
‘२०६५ देखि पटक-पटकसंगै सरकार बनाउँदै कांग्रेसलाई प्रमुख शत्रु देख्ने र कांग्रेससंग सदैव वैरभाव राख्ने दुई कम्युनिस्ट पार्टी अहिले एकीकृत भएपछि अध्यक्षद्वयलाई कांग्रेसको चिन्ता लागेको सुन्दा कांग्रेस ठीक बाटोमा छ भन्नेमा थप ढुक्क भएँ’, डा.रिजालले भनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत