कांग्रेससँग डराएर ओली, मार्सी चामलबारे आयो पहिलो टिप्पणी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले विपक्षी निरिह भएर मार्सी चामलको विज्ञापन गर्दै हिँडेको बताएका छन् ।

नेकपा निकटका पत्रकारहरूलाई पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार सम्बोधन गर्दै ओलीले प्रचण्ड र आफू दुर्गा प्रसाइँकहाँ गएको बताए । उनले भने, ‘मार्सी चामलको भात खाएकै हो ।’

‘प्रचण्डजी र म दुर्गा प्रसाइँकहाँ जानु, भात खानु गलत हो भने गलत हो’, उनले भने, ‘फेसबुकमा राख्नु होइन । भेट भएकै हो ।’

उनले बासमती चामल खानेहरू मार्सी चामल भन्दै हिँडेको बताए । उनले भने, ‘त्यस्तो मिठो पनि हुँदैन ।’

नेपाली कांग्रेस निरिह भएर मार्सी चामलको विज्ञापनमा गर्दै हिँडेको प्रधानमन्त्री ओलीले बताए ।

Published : Tuesday, 2018 July 24, 1:08 pm

1 प्रतिकृया प्राप्त “कांग्रेससँग डराएर ओली, मार्सी चामलबारे आयो पहिलो टिप्पणी”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया