राणाद्वारा अनशनरत डा.केसीसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले अनशनरत डा.गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै स्वास्थ्यप्रति चिन्ता जनाएको छ ।

अध्यक्ष पशुपति शम्शेर राणाले सोमबार डा.केसीलाई त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजमा भेट गरी ऐक्यवद्धता जनाएका हुन् ।

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष राणाले माथेमा आयोगको प्रतिबेधन कार्यान्वयनको पक्षमा आफूहरू रहेको बताए ।

वर्तमान सरकारले माथेमा आयोगको प्रतिवेदनभन्दा ठीक उल्टो बिधेयक ल्याएको भन्दै राणाले आपत्ति जनाएको प्रवक्ता किरण गिरीले जानकारी दिए ।

डा.केसीलाई भेट्न महामन्त्री सुनिलबहादुर थापासहितका पदाधिकारी र केन्द्रीय नेताहरू शिक्षण अस्पताल पुगेका थिए ।

Published : Monday, 2018 July 23, 12:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया