एसपी यादबको चालामालाले प्रहरीको झुक्यो शिर, तस्करसँग साँठगाँठ

चन्द्रौटा । भारतसंग सीमा जोडिएका कारण सम्वेदनशील जिल्लाका रुपमा लिइने कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोज यादब विभिन्न घटनामा मुछिन थालेका छन् । यादबले कमाण्ड सम्हाले लगत्तै जिल्लाबाट गाई र गोरुको तस्करीमा वृद्धि भएको छ ।

कपिलबस्तु जिल्लामा यादबको इन्ट्रीसँगै तस्करहरू सलबलाउन थालेका छन् । यादब तत्कालीन समयमा डिएसपी भएर कृष्णानगरमा बसेका बेला पनि तस्करहरूलाई सहयोग गरेर सर्वसाधारणलाई दुःख दिएको भनेर आलोचना खेप्नु परेको थियो ।

चन्द्रनिगाहपुरमा डिएसपी भएर इलाका प्रहरी कार्यालयको इञ्चार्ज भएका बेला पनि यादबले गाई र गोरु तस्करी गरेको भन्दै समाचार सम्प्रेषण भएका थिए । यादबविरुद्ध प्रहरी हेडक्वाटरसम्म उजुरी परेको थियो ।

यादब कपिलबस्तुको प्रहरी प्रमुख भएसँगै गाई र गोरु तस्करीहरू खुसी हुनुका साथै तिब्र रुपमा तस्करी मौलाएको स्थानीयहरूको आरोप छ ।
केही समय अगाडि कपिलबस्तु जिल्लामा सरुवा भएर आएका एसपी यादबले युरिया मलको दुरुपयोग गर्ने सत्तारुढ दल निकटका व्यापारीहरूलाई संरक्षण गर्न थालेका छन् ।

एसपी यादबको संरक्षणमा बहादुरगञ्जमा रहेको नेपाल–इण्डो प्लाइउड फ्याक्ट्रीमा सरकारी अनुदानको युरिया मलखाद तस्करी हुने गरेको गरेको छ । प्लाईउड फ्याक्ट्रीमा युरिया मललाई कच्चा पदार्थका रुपमा प्रयोग गरेर सामान उत्पादन हुने गरेको छ ।

कपिलबस्तुका प्रहरी प्रमुख एसपी यादबले पनि नेपाल–इण्डो प्लाइउड फ्याक्ट्रीमा पनि तस्करीको युरिया मल प्रयोग हुने गरेको जानकारी दिए । नेपाल–इण्डो प्लाइउड फ्याक्ट्रीमा यसअघि पनि युरिया मल तस्करी भएको पाइएपछि स्थानीय युवाहरूले छापामारेर प्रहरीले बरामद भएका सामानहरू बुझाइ दिएका थिए ।

आइतबार पनि युरिया मल तस्करी भएको थाहा पाएपछि स्थानीय राकेशमणि त्रिपाठी, सुदामा यादब, महेश पासी र शशिकान्त कश्यपले फ्याक्ट्रीमा प्रवेश गरेर घटनाका बारेमा जानकारी माग गरेका थिए । जानकारी माग्दै गरेको बेला फ्याक्ट्रीका मालिक रोमन शिल्पकारले प्रहरी बोलाएर युवाहरूलाई पक्राउ गराएको पीडितहरूको भनाइ छ ।

एसपी यादबले पक्राउ परेका चारजना स्थानीय युवालाई नै युरिया मल तस्करीको आरोप लगाएका छन् । तर, पक्राउ परेका युवाहरूले एउटा ट्याक्टरमा १५ बोरा युरिया मल नेपाल–इण्डो प्लाइउड फ्याक्ट्रीभित्र प्रवेश गरेको देखेपछि अनुदानको मल किन फ्याक्ट्रीभित्र लगेको भनेर जानकारी लिन गएको बताएका छन् ।

हुन त यसअघि पनि सो क्षेत्रका सांसद अभिशेष प्रताप शाहसहित स्थानीयले नेपाल–इण्डो प्लाइउड फ्याक्ट्रीमा छापामारेर सरकारी अनुदानको युरिया मलखाद बरामद गरेर प्रहरीको जिम्मा लगाई सकेका छन् । बहादुरगञ्जको नेपाल–इण्डो प्लाइउड फ्याक्ट्री बद्नामी कमाएको उद्योगको सूचीमा पर्छ । प्रहरीको सेट्रिमा फ्याक्ट्रीभित्र अबै कारोबार समेत हुने गरेको छ ।

धान खेतीमा प्रयोग गर्न कृषकहरूलाई रसायनिक मलखादको अभाव भएका बेला प्रहरीकै संरक्षणमा अवैध ढंगले प्लाइउड फैक्ट्रीमा युरिया मलखाद तस्करी भएको विषयले एसपी यादबमाथि ठूलो प्रश्न उठेको छ ।

सरकारी अनुदानको मलखाद तस्करीमा बहादुरगंजका प्रहरी नायब निरीक्षक हेम्बरप्रसाद पाण्डेको पनि संलग्नता रहेको आरोप स्थानीयले लगाएका छन् । प्रहरी नायब निरीक्षक पाण्डेले प्लाइउड फ्याक्ट्रीबाट मासिक रुपमा मोटो रकम बुझ्ने गरेको र एसपी यादबलाई पनि कमिशन पठाउने गरेको आरोप छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तस्कर, अपराधी र गण्डाहरूलाई संरक्षण नगर्न मातहतलाई दिएको निर्देशनलाई उल्लंघन गर्दै कपिलवस्तुका एसपी यादबले युरिया मल र गोई–गोरु तस्करहरूलाई नै संरक्षण गरेपछि प्रश्न उब्जिएको छ ।

Published : Monday, 2018 July 23, 11:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया