कांग्रेसको आन्दोलन बिथोल्न ओलीले गरे यसरी असफल प्रयास

काठमाडौं । सत्तारुढ दलका युवा र विद्यार्थी संगठनले निजी मेडिकल कलेजहरूलाई राष्ट्रियकरण वा गैर नाफामुखी निकायमा रुपान्तरण गर्न माग गरेका छन् ।
काठमाडौंमा आइतबार वाइसीएल, युवा संघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले संयुक्त विज्ञप्ति जारी गरेर निजी मेडिकल कलेजहरूलाई राष्ट्रियकरणको माग राखेका हुन् ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेससहित नागरिक समाजले मेडिकल कलेज र मेडिकल शिक्षाका विषयमा सडक आन्दोलन चर्काएपछि सरकार विरोधी आन्दोलनलाई काउन्टर दिन प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष केपी ओलीले आफ्ना भातृसंगठनहरूलाई उचालेका छन् ।
ने क पाका भातृसंस्थाहरूको विज्ञप्तिले आन्दोलनकारीसँग सिधै मुठभेड हुन सक्ने भन्दै सामाजिक सञ्जालमा चिन्ता जनाइएको छ ।
संविधानको प्रस्तावनामा उल्लेखित समाजवादउन्मुख व्यवस्थाको मर्म एवम् शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको ग्यारेन्टीको प्रावधान अनुसार सरकार अघि बढ्नुपर्ने भातृसंगठनहरूले माग राखेका छन् ।
सबै प्रदेशका एक सुविधासम्पन्न सरकारी मेडिकल कलेज सञ्चालनको प्रक्रिया अविलम्ब सुरु गर्न, छात्रवृत्तिलाई न्यून आय, गरिब र लक्षित समुदाय आधारित बनाई पारदर्शी वितरण गर्न उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठन गर्न माग गरेका छन् ।
अनशनरत डा.गोविन्द केसीको माग वार्ताबाट तत्काल अन्त्य गर्नुपर्ने र अनशनको नाममा भएका आन्दोलनमा राजनैतिक घुसपैठ, अराजकता र दण्डहीनताको तत्काल अन्त्य गर्न पनि भातृ संगठनहरूले माग राखेका छन् ।
नेपाल तरुण दलको आन्दोलनबाट तर्सिएका ओलीले ने क पाका भातृ संगठनहरूलाई क्रियाशील बनाएर विपक्षीहरूलाई थर्काउन खोजेको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत