यी हुन् तरुण दलमाथि गोली ठोक्न सडकमा मन्द्राउने प्रहरी

काठमाडौं । नेपाल तरुण दलले काठमाडौंको माइतीघरदेखि शुरु गरेको प्रदर्शन नयाँ बानेश्वरमा पुग्दै गर्दा प्रहरीले हस्तक्षेप गरेपछि उत्पन्न परिस्थितिलाई झन् भड्काउन एकजना प्रहरीले पेस्तोल हातमा लिएर प्रदर्शनकारीलाई लखेटेको तस्बिर र भिडियो सार्वजनिक भएको छ ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाको आदेशमा प्रहरीले तरुण दलको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेको थियो ।

तरुण दलले आफूहरूले शनिबार गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको आरोप लगाएको छ ।

तरुण दलले प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको आदेशमा शान्तिपूर्ण प्रदर्शनमा गोली हान्ने गरेर केही प्रहरीलाई विशेष रुपमा खटाएको आरोप लगाएको छ ।

नयाँ बानेश्वरमा झडप भएपछि शसस्त्र प्रहरीका एकजना हवल्दारले पेस्तोल लोड गरेर प्रदर्शनकारीलाई लखेटेका थिए ।

पेस्तोल लोड गरेर प्रदर्शनकारीतिर तोकेर हान्न खोजेका ती प्रहरी हवल्दारले पत्रकारहरूले आफ्नो भिडियो र तस्बिर लिएको थाहा पाएपछि पेस्तोललाई टोपीले लुकाउँदै एउटा बैंकभित्र प्रवेश गरेर लुकेका थिए ।

तरुण दलले शान्तिपूर्ण प्रदर्शनमा पेस्तोल तोकेर प्रदर्शनकारीलाई उत्तेजित बनाउन खोज्ने प्रहरीलाई कारबाही गर्न माग पनि गरेको छ ।

Published : Saturday, 2018 July 21, 8:11 pm

6 प्रतिकृया प्राप्त “यी हुन् तरुण दलमाथि गोली ठोक्न सडकमा मन्द्राउने प्रहरी”

  • Govinda kc ko paxchaya ma kasai la ni kam garako chainna ani asta pardarsan ma akhil ko ma ni hastachaip vayko thyo to polish lai samman garnu parchha

  • चोर को सन्तान पनि चोरै हुन्छ भन्थे हो रहेछ

  • गोबिन्दा के सि समग्र नेपाली जनता को निम्ति लडाइँमा हुनु हुन्छ तर के गर्नु बिडम्बना यहा छ राज्यको सहि डिसिजन न हुनु नै दुर्भाग्यपूर्ण लिनुपरेको छ।सम्झौता गर्नी कार्यनयन न गर्नी

  • आत्म रक्षाका लागि पेस्तोल देखाउन नपाईने गोलि हानेका त छैनन् नि ती प्रहरीले

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया