नेता कार्यकर्ता कुटिएपछि देउवाले ओलीको ‘सातो’ लिए

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग भेट गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ बानेश्वरमा भएको झडप र प्रहरी दमनका बारेमा आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको वार्तामा देउवाले सरकारका तर्फबाट भएको दमनको विरोध जनाएका थिए ।
प्रधानमन्त्री ओलीसँगको भेटमा सभापति देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको त्यस्तै व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका थिए ।
आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको समाधान बताउँदै देउवाले डा गोविन्द केसीसँग तत्कालै वार्ता गर्न ओलीलाई सुझाव दिएका छन् ।
यदि सरकारले मनपरी ढंगले ल्याउन खोजेको विधेयक पुनः अघि बढाए संसद र सडक दुवै ठाउँबाट कडा प्रतिवाद गरिने चेतावनी पनि उनले दिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत