दमनमा उत्रियो कम्युनिस्ट सरकार, भत्काइदियो तरुण दलले ओलीको अबरोध

काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल तरुण दलले काठमाडौंको नयाँ बानेश्वरमा निषेधाज्ञा तोड्ने क्रममा भएको झडपमा अध्यक्ष जितजंग बस्नेतहरूका प्रदर्शनकारी घाइते भएका छन् ।
प्रहरीले नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति मदनबहादुर अमात्यलाई पनि लठ्ठी प्रहार गरेर घाइते बनाएको छ । अमात्यको अवस्था पनि गम्भीर रहेको छ ।
माइतीघर मण्डलाबाट नयाँबानेश्वर चोक पुगेका प्रदर्शनकारीलाई रोक्ने क्रममा शनिबार दिउँसो झडप भएको हो ।
झडपमा तरुण दलका अध्यक्ष बस्नेतका साथै नेपाली कांग्रेसका महासमिति सदस्य मीनकृष्ण महर्जन, तरुण दल ललितपुरका जिल्ला सदस्य विनोद महर्जन, तरुण दलकी नेतृ मुना भुसालसहितका दर्जन बढी नेता तथा कार्यकर्ता घाइते भएका छन् ।
घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य मीनकृष्ण महर्जनले जानकारी दिए ।
तरुण दलका अध्यक्ष बस्नेतको टाउकोमा गम्भीर चोट लागेको छ । सिभिल अस्पतालमा दुई दर्जन घाइतेको उपचार भइरहेको महर्जनले जानकारी दिए ।
तरुण दलले निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले रोकन खोजेको थियो । तर, प्रदर्शनकारीहरू अगाडि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको जनाएको छ ।
प्रदर्शनकारीलाई तितरबितर बनाउन प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास र पानीको फोहोरा पनि प्रयोग गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत