तरुण दलले ओलीको अधिनायकवादको धज्जी उडाउने

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले कम्युनिस्ट सरकारको अधिनायकवाद विरुद्ध काठमाडौंमा भव्य प्रदर्शन गर्ने भएको छ ।
तरुण दलले साउन ५ गते शनिबार दिउँसो काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । तरुण दलले माइतीघर मण्डलामा दिउँसो एक बजे हुने विरोध प्रदर्शनमा सहभागी हुन् शुभेच्छुकहरूलाई अपील गरेको छ ।
डा. गोविन्द केसीको आन्दोलनमा समेत समर्थन जनाएको तरुण दलले विशेष गरेर सरकारको अधिनायकवाद र संविधान विपरितका गतिविधिको विरोधमा प्रदर्शन गर्न लागेको हो ।
तरुण दलले शनिबार गर्न लागेको प्रदर्शनबाट कम्युनिस्ट सरकारको निद हराम भएको छ ।
प्रधानमन्त्री केपी ओलीले मुलुकमा अधिनायकवाद लाद्न खोजेको तथा अपराधीले जस्तो गतिविधि गरेको भन्दै कांग्रेसले सडक र सदन आन्दोलन शुरु गरिसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत