उपचार गर्न विदेश जाने ठूलो हिस्सा छ, रोक्नुपर्छः मन्त्री यादब

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दूषित पानी, प्रदुषण र अखाद्यबस्तुको प्रयोगले बिरामीको संख्या दिन प्रतिदिन वृद्धि हुने क्रम बढेको भन्दै चिन्ता जनाएका छन् ।

ललितपुरको ग्वार्कोस्थित बि एण्ड बि हस्पिटलको क्याथल्याब शुक्रबार उद्घाटन गर्ने क्रममा स्वास्थ्यमन्त्री यादबले आफ्नो स्वास्थ्यलाई ध्यान दिन सबैलाई आग्रह गरे ।

‘प्रदुषित पानी, प्रदुषण र अखाद्य पदार्थको प्रयोग तथा प्रभावले बिरामीको संख्या बढ्दै गएको छ’, उनले भने, ‘खानपिन र आफ्नो स्वास्थ्यमा ध्यान नदिने हो भने बिकराल अवस्था आउन सक्छ ।’

उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादबले विदेशमा उपचार गराउन ठूलो हिस्सा जाने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए । उनले नेपालमै सुविधा सम्पन्न उपचार दिन सके विदेश उपचार गर्न जानेहरुलाई रोक्न सकिने बताए । मन्त्री यादवले विपन्न परिवारहरु उपचारबाट बञ्चित रहेको भन्दै चिन्ता समेत जनाए ।

यादवले सरकारी निजी क्षेत्र मिलेर नेपालको स्वास्थ्य क्षेत्रमा सुधार गर्न आग्रह गरे । सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले निजी क्षेत्रले भरपर्दो र गुणस्तरीय सेवा सुविधा दिन निर्देशन दिए । त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको पनि मन्त्री यादबले स्पष्ट पारे ।

Published : Friday, 2018 July 20, 3:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया