धुन्धुकारी नयाँ ‘पारस’को जन्म, यस्तो छ बाउछोराको खेलखण्ड

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अवकाश हुने मिति नजिकिदै गर्दा राजदूत बन्न मुख मिठ्याएर बसेका छन् ।

क्षेत्रीलाई अवकाशपछि राजदूत बनाउन ग्राण्डी अस्पतालका सञ्चालक एवम् ठेकेदार दीपक कुँवर, विजय श्रेष्ठ, रोशन श्रेष्ठ, अमित साहलगायतको समूह सक्रिय भएको छ ।

उनीहरूले क्षेत्रीलाई रक्षामन्त्री ईश्वर पोखरेलमार्फत अमेरिका, चीन, म्यानमार वा बर्मामध्ये एकको राजदूत बनाउन लविङ गरिरहेको स्रोतले जनाएको छ ।

प्रधानसेनापति जस्तो गरिमामय पदमा बसिसकेका विशिष्ट ब्यक्तिले राजदूतमा लोभ गर्नुको पछाडि ठूलै कारण रहेछ । केही दिनअघि सांसद महेश बस्नेतले सेनाभित्र ठूलो भ्रष्टाचार भएको र सेना पारदर्शी नभएको भन्दै गरेको खुलासा गरेका थिए ।

नेपाली सेनाको इतिहासमा अहिलेको नेतृत्वले जति भ्रष्टाचार अरु बेला कसैले गरेका थिएनन् । भ्रष्टाचार काण्डबाट उम्किन क्षेत्री राजदूत बन्ने योजनामा लागेको पूर्वएमाले निकटका एक नेताले जानकारी दिए ।

यता, सेनाले कमर्सियल चरित्र देखाएको भन्दै आलोचना भइरहेका बेला प्रधानसेनापति क्षेत्रकीका पुत्र अभिषेक क्षेत्रीले सेनामा हुने हरेक ठेक्कापट्टामा सक्रिय भएर करोडौं कमाएको भन्दै एकपछि अर्को खबर सार्वजनिक भइरहेका छन् ।

केही समय पहिले प्रधानसेनापति क्षेत्रीका पुत्र अभिषेकले सिभिल महलमा अन्तर्राष्ट्रिय कपडाको ब्राण्ड ‘जरा’ को आधिकारिक विक्रेता अर्थात डिलरसिप लिएका छन् । करोडौं खर्चिएर लिएको डिलरसिपमा अभिषेकमा साथी अमित साहलगायत केही ठेकेदारहरूको लगानी रहेको बताइएको छ ।

कमलादीस्थित काठमाडौं प्लाजाको अगाडि मिठाइ पसलसँगै रातारात विशाल महलको निर्माण कार्य भइरहेको छ । उक्त जमिन आफ्ना विश्वासपात्रको नाममा राखेर अभिषेक क्षेत्रीले घरको निर्माण कार्य गरिरहेको स्रोतको दावी छ ।

हालसालै हेटौँडामा किनेको करोडौंको जग्गा जमिन होस् वा पूर्वअवकास प्राप्त जर्नेल नेपालभूषण चन्दको घर, यी सबै खरिदमा अभिषेकको नाम मुछिएको छ ।

संसदीय समितिहरूले छानविन गरेको खण्डमा सेनाभित्र भएको भ्रष्टाचारमा प्रधानसेनापति क्षेत्री र उनका पुत्र अभिषेक संलग्न रहेको देखिने एक ठेकेदारले बताए ।

विदेशमा समेत महल खरिद गर्न भ्याइसकेका प्रधानसेनापति पुत्र अभिषेकको आम्दानीको स्रोत के हो ? खोजिनुपर्ने माग उठ्न थालेको छ । यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार

Published : Friday, 2018 July 20, 11:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया