भारतपछि चीनको यसरी आयो डरलाग्दो रुप, सिंहदरबारभित्रै डिजाइन

काठमाडौं । नेपालमा कम्युनिस्ट सत्ता आउनेवित्तिकै चीनको राजनीतिक गतिविधि बढेको छ । यसअघि आफ्ना गतिविधिलाई खासै नदेखाउने गरेका चिनियाँहरूले विगत एक वर्षदेखि नेपालमा बाक्लै सक्रियता देखाएका हुन् ।

चीनले नेपालीहरूलाई आफ्नो पक्षमा बनाउन प्रत्येक हप्ता एक समय जनासम्मलाई निःशुल्क घुमाउन लैजाने गरेको छ । चिनियाँ उच्च अधिकारीका साथै नेपालका लागि चिनियाँ राजदूत यु होङले पनि सक्रियता देखाएकी छिन् ।

चिनियाँ उच्च अधिकारीहरूको आजकाल सिंहदरबारभित्रै बास हुने गरेको छ । मन्त्रीहरूदेखि कर्मचारीलाई अलग–अलग भेटेर कुराकानी गर्ने गरेका छन् ।

विशेष गरेर उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, गृहमन्त्री रामबहादुर थापालगायतलाई चिनियाँ उच्च अधिकारीहरूले भेट्ने गरेका छन् । नेपालमा ठूला हाइड्रो पावर र दीर्घकालीन महत्वका योजनाहरूमा चीनले नजर लगाएको उच्च स्रोतको भनाइ छ ।

चीनले नेपालमा लगानी गर्न चाहे पनि आफू अनुकूल हुने गरेर ऐन कानून भएमा मात्रै लगार्न भित्र्याउन सक्ने बताउने गरेको छ । तर, चीनको बाक्लो उपस्थितिबाट प्रधानमन्त्री केपी ओलीलाई चित्त बुझेको छैन ।

ओलीले चिनियाँ उच्च अधिकारीहरूसँग धेरै हिमचिम नबढाउन निर्देशन दिएको स्रोतले जनाएको छ । तर, चीनका लागि काम गर्ने केही संस्था, पत्रकार र नेताहरूले प्रधानमन्त्री ओलीको निर्देशनलाई बेवास्ता गर्ने गरेको आरोप छ ।

नेपालमा भारतको बढ्दो प्रभावबाट आत्तिएको चीनले आफूलाई पनि मजबुत तरिकाले उभ्याउन खोजेको टिप्पणी हुन थालेको छ ।

Published : Thursday, 2018 July 19, 11:50 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया