यी हुन् कांग्रेसका हिरोहरू, भत्काउने भए ओलीको अहंकार

काठमाडौं । दुई तिहाई बहुमतको अहंकारमा डुबेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई भुसुना देख्न थालेका छन् ।
ओलीको यही हेपाहा प्रवृत्तिले कांग्रेस आन्दोलन घोषणा गर्न बाध्य भएको छ । कांग्रेसले सडक र सदन दुबैतिर आफूलाई अबका दिनमा सशक्त रुपमा उभ्याउने संकेत दिएको छ । कांग्रेसको यो संकेतले ओली र उनको टिमभित्र तरंग उत्पन्न भएको छ ।
ओली र उनका मन्त्रीहरूका अभिव्यक्तिको कांग्रेसका युवा नेताहरूले डटेर सामना गर्दै आएका छन् । ओली र उनका मन्त्रीहरूले अहिले पनि कांग्रेसका युवा नेताहरूलाई भुसुना देख्ने गर्छन् ।
तीनै भुसुनाहरूले ओली र मन्त्रीहरूलाई नङ्ग्याइदिएका छन् । ओली र उनका मन्त्रीहरूले दिने अराजक अभिव्यक्तिको कांग्रेसका युवा नेताहरूले भद्र र शालिन शैलीमा जवाफ दिन थालेका छन् ।
कांग्रेसका नेताहरू डा.मीनेन्द्र रिजाल, दिलेन्द्र बडू, अतहर कमाल मुसलमान, गगन थापा, प्रकाश रसाइली, देवीप्रसाद तिमिल्सिना, बद्री पाण्डे, अनिता देवकोटाहरूले सरकारलाई चुनौती दिने गरेका छन् ।
संसद र राष्ट्रिय सभामा यी सांसदहरूको अभिव्यक्तिले ओली प्रशासनको धुँवा निस्कने गरेको छ । ओली र उनका मन्त्रीहरूले दिंदै आएका तुच्छ अभिव्यक्तिको कांग्रेसका सांसदहरूबाट काउन्टर जवाफ आउन थालेपछि ओली सार्वजनिक कार्यक्रमहरूमा पहिला जस्तो बोल्ने गरेका छैनन् ।
तर, ओलीलाई भुलाउने गरेर सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुल बास्कोटा, संघीय मामिला तथा सामानय प्रशासनमन्त्री लालबाबु पण्डितसहितका मन्त्रीहरूले अभिव्यक्ति दिन छाडेका छैनन् ।
कांग्रेसले कम्युनिस्ट सरकारबाट हुने आक्रमणविरुद्ध युवा नेताहरूलाई उतारेपछि कांग्रेसका शुभेच्छुकहरूमा रहत भएको छ । संसदमा हुने गलत क्रियाकलापको कांग्रेसका युवा सांसद एवम् नेताहरूको जोडदार उपस्थितिले सभामुख कृष्णबहादुर महरा पनि हच्किने गरेका छन् ।
महराले एक–दुई पटक कांग्रेसका सांसदहरूलाई पेल्न नखोजेका भने होइनन् । तर, कांग्रेसका नेताहरूको प्रतिवादपछि महरा पनि ब्याक हुने गरेका छन् ।
केही दिन अगाडि ओलीले एक–दुईजना उभिदैमा संसद अबरोध हुँदैन भनेर कांग्रेसका युवा सांसदहरूमाथि प्रहार गरेका थिए । तर, अहिले आएर ओलीले आफ्नै बचाउ गर्न पार्टीका नेता कार्यकर्ताहरूसँग हारगुहार गर्न थालेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत