कांग्रेसको हमलापछि आत्तिए प्रचण्ड, खुमलटारमा आकस्मिक बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी केन्द्रका मन्त्रीहरूसँग परामर्श गरेका छन् ।

अध्यक्ष दाहालले बुधवार उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पर्षमान पुन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई आफ्नो निवास खुमलटारमा बोलाएर सरकारको कामकारवाहीवारे विफ्रिङ लिएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले सरकारको कामकारबाही प्रभावकारी रुपमा चलाउन नसेको भनेर आलोचना भइरहेका दाहालले पूर्व माओवादी केन्द्रका मन्त्रीहरूसँग विफ्रिङ लिएका हुन् ।

दाहालको यो कार्यले प्रधानमन्त्री ओलीको मनमा चिसो पसेको छ । त्यति मात्रै होइन कांग्रेसले सडक र सदन आन्दोलन घोषणा गरेपछि अध्यक्ष दाहालले चिन्ता जनाएको स्रोतले जनाएको छ ।

मन्त्रीहरू प्रचारमा मात्रै रमाएको र जनताको पक्षमा काम गर्न नसकेको गुनासो बढ्न थालेपछि दाहालले पूर्वमाओवादीका मन्त्रीसँग परामर्श थालेका हुन् । नेकपाको सरकारलाई कसरी बचाउ गर्ने भनेर दाहालले आफू निकटका मन्त्रीहरूसँग खुमलटारमा आकस्मिक रुपमा बैठक गरेका हुन् ।

मन्त्रीहरूलाई आफ्नो निवास खुमलटारमा बोलाएर दाहालले जनचाहना र अपेक्षा अनुसार परिणाम नआएकोमा असन्तुष्टि जनाएका छन् ।

कम्युनिस्ट सरकारका कामकारवाहीलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले हमला शुरु गरेपछि नेकपाका दोस्रो तहका अध्यक्ष दाहालले आफू निकटका मन्त्रीहरूसँग परामर्श थालेका हुन् ।

Published : Wednesday, 2018 July 18, 9:49 pm

1 प्रतिकृया प्राप्त “कांग्रेसको हमलापछि आत्तिए प्रचण्ड, खुमलटारमा आकस्मिक बैठक”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया