कांग्रेस समक्ष हिम्मत हारे ओलीले, आयो यस्तो अपील

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको दाबी गरेका छन् ।

नेपाल कम्यूनिष्ट पार्टीको कन्द्रीय कार्यलय धुम्बाराहीमा मंगलबार पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाटमा ओलीले सुशासन ल्याउने प्रतिवद्धताबाट आफू बिचलित नहुने बताए ।

‘संविधान, नियम, कानून र विधि अनुसार सरकारले काम गर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘जसले जे माग राख्यो त्यो पुरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुदैन ।’

प्रधानमन्त्री ओलीले भने, ‘यस सरकारका उद्धेश्य अन्य सरकारका भन्दा फरक छन् । वर्तमान सरकारले देशलाई थितीमा हिडाउन चाहेको छ ।’

जनताले सरकारलाई सुम्पिएको अभिभारा गर्नेमा कुनै सन्देह नभएको प्रधानमन्त्री ओलीले बताए । ‘सरकारले जनताका आकांक्षा पुरा गर्छ भन्ने बुझेका विरोधीहरूले, सामाजिक न्याय हुन नदिनेहरूले सरकारका विरुद्ध अफवाह फैलाएका छन्’, उनले भने, ‘पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्दछ ।’

नेपाली कांग्रेसले कम्युनिस्ट सरकारका गलत क्रियाकलाप र अधिनायकवादको सडक र सदनबाट विरोध गरिरहका बेला ओलीले बचाउका लागि नेता कार्यकर्तासँग अपील गरेका हुन् ।

दुई–चार महिना मै समृद्धि हासिल गर्न नसकिने भएकोले धैर्य गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।

‘चुनाव भन्दा अघिको सरकारले देशमा जथाभावी गरेकोले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ’, ओलीले भने, ‘निर्वाचन आचार संहिता लागेपछि जथाभावी नियुक्ति, निर्वाचन परिणाम आएको तीन महिनासम्म सत्ता हस्तान्तरण नगरेर कांग्रेसले विधि विधान विपरीत ग-यो ।’

Published : Tuesday, 2018 July 17, 6:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया