नेविसंघको प्रदर्शनमा प्रहरी हस्तक्षेप, विद्यार्थी नेताहरू घाइते

काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्ने क्रममा झडप भएको छ ।

माइतीघरमा मंगलबार प्रहरीले बनाएको बार तोडेर नेविसंघका कार्यकर्ता वानेश्वरतर्फ जान खोज्दा प्रहरीले लाठी र बुट हानेर भीडलाई तिरतबितर पारेको छ ।

झडपमा नेविसंघ अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्पकुमार शाही, महामन्त्री आनन्दराज त्रिपाठीलगायत १० भन्दा धेरै विद्यार्थी घाइते भएका छन् । घाइतेको वानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ ।

सरकारले सर्वसत्तावादी चरित्र देखाएको भन्दै काठमाडौंमा प्रदर्शन गरेको हो । सरकार कम्युनिस्ट सर्वसत्तावाद लागू गर्नेतर्फ अघि बढेकाले विरोध प्रदर्शन गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए ।

नेविसंघले जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको पनि माग गरेको छ ।

Published : Tuesday, 2018 July 17, 6:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया