देउवाले ओलीलाई गराए सचेत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री खड्कप्रसाद ओलीलाई अनशरत डा. गोविन्द केसीको स्वास्थ्य स्थितिमा गम्भीर बन्न सुझाव दिएका छन् ।

सभापति देउवाले मंगलबार ओलीसँग भेट गरेर डा. केसीसँग वार्ता गर्न आग्रह गरे । देउवाले ओलीलाई तत्कालै माग पूरा गर्न पनि सुझाव दिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

देउवाले डा.केसीको जीवन रक्षा गर्नु सरकारको कर्तव्य रहेको प्रधानमन्त्री ओलीलाई सचेत गराएका छन् ।

कांग्रेस नेतृत्वमा रहेको सरकारले डा. केसीको मागलाई सुनुवाई गरेर माथेमा उच्चस्तरीय कार्यदलको आधारमा जनभावना अनुरुप जारी गरेको अध्याधेशलाई हुबहु विधेयकको रुपमा ल्याउनु अहिलेको समाधान हुने धारणा देउवाले ओलीलाई सुझाव दिएका छन् ।

सरकारले यसलाई तोडमोड गरेर जवरजस्ती ढंगले विधेयक ल्याउने प्रयत्न गरे कांग्रेसको विरोधको सामना गर्नुपर्ने देउवाले चेतावनी समेत दिएका छन् ।

Published : Tuesday, 2018 July 17, 5:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया