पौडेलद्वारा नेताहरूसँग परामर्श, गगन र सिटौला अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका नेताहरूको अलग भेला बोलाएर सभापति शेरबहादुर देउवासँग कुनै पनि प्रकारको सहमति नगरेको स्पष्टीकरण दिएका छन् ।

काठमाडौंमा सोमबार भएको छलफलमा महासमितिको बैठक तथा पार्टीभित्रका समग्र विषयमा कुराकानी भएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

‘पार्टीभित्रको आन्तरिक विषयमा कुराकानी भएको हो’, उनले भने, ‘सभापतिज्यूलाई विधान र नियम संगत काम गर्न दवाव दिनेबारेमा केन्द्रीय सदस्यहरूले कुरा राखेका छन् ।’

छलफलमा नेताहरू पौडेलका साथै प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, नवीन्द्रराज जोशी, प्रदीप पौडेल, रामकृष्ण यादव, प्रदीप पौडेलसहितका नेताहरूको सहभागिता रहेको थियो । महामन्त्री डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला र गगन थापा भने छलफलमा आएनन् ।

नेता सिटौला उपचार गर्न डाक्टरसँग समय लिएकाले आउन नसक्ने सन्देश पठाएका थिए । थापाले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा कार्यक्रम जुधेकाले आउन नसक्ने जनाएका थिए ।

सभापति शेरबहादुर देउवाले आइतबार आफू निकटका नेताहरूसँग छुट्टै भेला गरेका थिए । देउवाले बैठक गरेको भोलिपल्ट पौडेलले अलग भेला बोलाएका हुन् ।

Published : Monday, 2018 July 16, 7:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया