पूर्वएमाले निकटका यी व्यक्तिले गरे सबैले कुरा काट्ने काम

काठमाडौं । संवैधानिक निकायको प्रमुख भइसकेका व्यक्ति नीलकण्ठ उप्रेतीले भारतका लागि नेपाली राजदूतमा इच्छा जनाएपछि कम्युनिस्ट सरकारले सिफारिस गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरेको हो । उप्रेती पूर्वएमाले निकटका मानिन्छन् ।

दीपकुमार उपाध्यायले राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन छ । भारतका लागि राजदूत बन्न धेरैले इच्छा जनाए पनि उप्रेतीले सबैलाई उछिनेर अगाडि देखिए । उप्रेतीले आफ्नो पदीय मर्यादा भुलेर राजदूत बन्न लागेको भनेर पूर्वएमालेहरूले कुरा काटेका छन् ।

सरकारले उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

सरकारले राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिमा परराष्ट्र सचिव शंकर बैरागीलाई पठाउन चाहेको थियो । बैरागीले सचिवको कार्यकाल पूरा गर्ने बताएको परराष्ट्र स्रोतले बताएको छ । बैरागीले अन्य व्यक्तिले जस्तो पदको लोभ गरेका छैनन् । उनको यो निर्णयले कम्युनिस्ट सरकार र उप्रेतीलाई थप्पड दिएको छ ।

यूएईका लागि राजदूत पद पनि रिक्त छ । सरकारले हालै पारित गरेको मापदण्ड अनुसार कर्मचारीबाट ५० प्रतिशत पठाउने उल्लेख रहेकाले राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिसँगै यूएईको राजदूतमा पनि कर्मचारीबाट पठाउनेछ ।

Published : Monday, 2018 July 16, 6:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया