देउवालाई पर्ने भयो अफ्ठ्यारो, पौडेलले बोलाए भेला

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका नेताहरूको भेला बोलाका छन् ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा निर्णय गरेको भन्दै पौडेल समूहले विरोध गर्दै आएको छ ।

पौडेलले आफू निकटका नेताहरूसँग सोमबार काठमाडौंमा छलफल गर्न लागेको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए ।

‘पार्टीका विषयमा आफू निकटका सीमित नेताहरूसँग वरिष्ठ नेता रामचन्द्र पौडेलज्यूले सामान्य छलफल गर्न लाग्नुभएको हो’, पौडेलले भने, ‘यसलाई अन्यथा रुपमा लिनुपर्दैन ।’

पौडेलले सभापति देउवाबाट अहिलेसम्म भएका गतिविधि र अब कसरी अगाडि बढ्ने भन्नेबारेमा आफू निकटका नेताहरूसँग सल्लाह सुझाव लिनेछन् ।

भेलामा नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी निकटका नेताहरूको पनि सहभागिता हुनेछ ।

Published : Sunday, 2018 July 15, 8:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया