यौनसम्बन्ध राखेर युवतीले पाएको चेक बाउन्स

काठमाडौं । रातभरि यौनसम्बन्ध राखेर युवतीलाई एक युवकले दिएको चेक बाउन्स भएको छ । चेक बाउन्स भएपछि ती युवती तनावमा परेकी छिन् ।

एकजना व्यक्तिले राजधानीमा यवतीसँग रात विताए वापत दिएको एन आई सी एशिया बैंकको चेक बाउन्स भएको हो । चेक लिएर साट्न बैंक पुगेकी ती युवती खालिहात फिर्ता हुनु परेको थियो ।

त्यसपछि ती युवती सिधै महानगरीय प्रहरी परिसर काठमाडौंको अपराध अनुसन्धान महाशाखामा पुगेकी थिइन् । महाशाखाका डिएसपी मोहन थापाका अनुसार यौनसम्बन्ध राखे वापत ग्रहकले दिएको एन आई सी एशिया बैंकको रु. ५० हजारको चेक बाउन्स भएको हो ।

प्रहरीले चेक बाउन्स र यौनसम्बन्धका बारेमा अनुसन्धान भइरहेको जनाएको छ । गोपनीयताका कारण प्रहरीले ती युवती र युवकको नाम सार्वजनिक गरेको छैन ।

चेक बाउन्स हुँदा तीन महिना र नगदको सजाय हुने कानूनी प्रावधान छ । प्रहरीमा चेक बाउन्सका दैनिक दशदेखि २० वटासम्म उजुरी पर्ने गरेको छ । धेरै जसो चेक बाउन्सका घटना जग्गा कारोबार, वैदेशिक रोजगारी लगायतमा हुने गरेको डिएसपी थापाले बताएका छन् ।

Published : Sunday, 2018 July 15, 7:30 pm

1 प्रतिकृया प्राप्त “यौनसम्बन्ध राखेर युवतीले पाएको चेक बाउन्स”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया