गगनको चेतावनीले सत्तापक्षको छाती थर्कियो

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् युवा नेता गगन थापाले सरकारले संसदीय शक्तिको दुरुपयोग गर्न खोजे आफूहरू चुप लागेर नबस्ने बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा आइतबार पत्रकारसँग कुरा गर्दै उनले कांग्रेसले दर्ता गरेको विरोधको सूचना बेवास्ता गरेर चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेमा चुप लागेर नबस्ने चेतावनी दिए । सत्तापक्षको मनस्थिति पेलेर भए पनि पारित गर्ने देखिएको भन्दै उनले यसले समस्या मात्र सिर्जना गर्ने बताए ।

सरकारको दृष्टिकोण डरलाग्दो रहेको थापाको भनाइ छ । उनले भने, ‘हामो विरोधको सूचना असफल भएमा सरकारले विधेयक ल्याउँछ । त्यसमा सैद्धान्तिक छलफल गर्छौं । अन्तिममा हुन्छ र हुन्न भनेर मात्र बस्दैनौं ।’

उनले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संविधानको मर्म र देशको आवश्यकतालाई सम्बोधन हुने गरी नआएको दावी पनि गरे ।

उनले उच्चस्तरीय आयोगमार्फत् डा. गोविन्द केसीको माग सम्बोधन गर्ने सरकारको भनाईमा आफूहरू विश्वास गर्ने पक्षमा नरहेको बताए । कांग्रेसका युवा नेता थापाले आयोग बनाएर मुलुकको कुनै पनि समस्या समाधान नभएको उल्लेख गरे ।

नेता थापाको यो अभिव्यक्तिले सत्तापक्षलाई फेरि एक पटक सोँच्न बाध्य बनाएको छ । सत्तापक्षको मनमा चिसो पसेको कांग्रेस नेताहरूको भनाइ छ ।

Published : Sunday, 2018 July 15, 6:34 pm

1 प्रतिकृया प्राप्त “गगनको चेतावनीले सत्तापक्षको छाती थर्कियो”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया