आफ्नैबाट एक्लिदै ओली सरकार, प्रचण्डले एक शब्द पनि बोलेनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र केही त्रुटि भए सच्याउँदै लैजाने बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा प्रचण्डले पार्टीलाई अझै एकताबद्ध बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पार्टीलाई कमजोर बनाउन केही शक्तिले चलखेल गरिरहेको बताएका उनले भने, ‘त्यसबाट सचेत हुन पनि नेता, कार्यकर्तालाई आह्वान गर्छु ।’

प्रचण्डले पार्टीका बारेमा धारणा राखे पनि सरकारको बचाउका विषयमा एक शब्द पनि बोलेनन् ।

उनले सरकारको कामकारबाहीलाई लिएर विपक्षी दल नेपाली कांग्रेसबाट भएको प्रहार र सर्वसाधारणलेगरेको आलोचनाका विषयमा पनि ओली सरकारको बचाउ गरेनन् ।

प्रचण्डले ओली सरकारका बचाउ नगरेकोमा कार्यक्रममा सहभागीहरूले असन्तुष्टिका रुपमा व्याख्या गरेका थिए ।

प्रचण्डले शहीदहरूको सपना खेर जान नदिने पनि बताए । उनले शहीदहरूकै बलिदानको प्रतिफल स्वरूप मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टी बनेको उल्लेख गर्दै त्यो उपलब्धिलाई जोगाएर अघि बढ्ने पनि बताएका छन् ।

उनले शहीदहरूले देखाएको बाटोबाटै मुलुकलाई अघि बढाउन आफूले गतिका साथ काम गरिरहेको उल्लेख गरे ।

Published : Sunday, 2018 July 15, 5:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया