यी हुन् कम्युनिस्ट सरकारका रक्सीले मातेका धुन्धुकारी हाकिम

पोखरा । पोखरामा सार्वजनिक विदाको दिन मादक पदार्थ सेवन गरेर सरकारी गाडी चलाउँदा दुर्घटना गराउने यातायत व्यवस्था कार्यालय गण्डकीका प्रमुख तेजनारायण यादव पक्राउ परेका छन् ।

प्रमुख यादवले शनिबार पोखरा–लेखनाथ महानगरपालिकाको छोरे पाटनमा बा २ ख २४३४ नम्बरको सरकारी गाडीलाई ग ११ प ११ नम्बरको मोटरसाईकलसँग ठोक्काएका थिए । मोटरसाईकल चालक दीपक खड्का सामान्य घाइते भएका छन् । सरकारी गाडीमा पनि सामान्य क्षति भएको छ ।

मदिरा सेवन गरेका प्रमुख यादवले गाडीलाई दुर्घटना गराएको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । ‘मेडिकल चेकजाँचका क्रममा तेजनारायण यादवको रिपोर्ट नेगेटिभ आएको छ’, प्रहरी प्रमुख रानाले भने, ‘उहाँले मादक पदार्थ सेवन गरेको खुल्न आएको छ ।’

यातायात कार्यालयका प्रमुख यादवले स्याङजाबाट ड्राइभिङ सेन्टरहरू चेकजाँच गरेर आउने क्रममा गाडी सामान्य दुर्घटना भएको बताएका छन् । ‘गाडी मेरो चालक लक्ष्मण पाण्डेले चलाउनु भएको थियो’, उनले भने, ‘मैले मदिरा सेवन गरेर गाडी चलाएको छैन ।’

छोरे पाटनमा शनिबार अपरान्ह साढे तीन बजे भएको सडक दुर्घटनापछि जम्मा भएका स्थानीयले कार्यालय प्रमुख यादवलाई कारबाहीको माग गरेका थिए । लगत्तै आएको प्रहरीले यादवलाई नियन्त्रणमा लिएको थियो ।

Published : Sunday, 2018 July 15, 12:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया